ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ पाँच दलले भरतपुरमा संयुक्त चुनावी सभा गर्दै


एबीसी / संवाददाता
बैशाख २२, २०७९ बिहीबार   १२ : ०१   बजे

काठमाडौँ, २२ बैशाख । सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् ।

भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने नेताहरुले बताएका छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ । भरतपुर महानगरान सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार हुनुहुन्छ । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिनुभएको छ । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएकाले धेरैको चासो चितवनमा हुने गरेको छ । यसैबीच शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम वर्षाका कारण केही प्रभावित हुने भएको छ । भरतपुरमा रातिदेखि परेको वर्षाका कारण संयुक्त आमसभा गर्ने स्थान नै जलमग्न भएको छ । भरतपुरको हाकिम चोकमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नका लागि मञ्च बनाइएको छ । उक्त मञ्च पनि जलमग्न भएको छ भने कार्यक्रमस्थल पनि डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group