ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढा बा धेरै सन्किराख्दा शरीरलाई अप्ठ्यारो पर्ला : महामन्त्री थापा


एबीसी / संवाददाता
बैशाख १४, २०७९ बुधबार   ४ : २३   बजे

काठमाडौँ, १४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताउनुभएको छ । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अंगार हुनेले कालै बोल्ने गरेको बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार महामन्त्री थापाले झुटको पर्दाफास गरेकोमा सन्किएको बताउनुभयो । ‘जसको मुखमा अंगार छ, उसले ओकल्ने कालैं हो । केपी ओलीले को कोलाई पागल भन्नुहुन्छ, केपी ओलीले झुट बोल्नुहन्छ, कोही आँट भएर तपाई झुट बोल्दै हुनुहुन्छ भन्नुभयो भने सनक्क सन्केर पागल भन्नुहुन्छ,’ थापाले भन्नुभयो । केपी ओलीलाई रिस उठ्यो भन्दैमा आफूले झुटको पर्दाफास गर्न नछोड्ने बताउनुभयो । ‘अब केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छोड्नेवाला छैन्,’ उहाँले भन्नुभयो, ‘उहाँको झुटोलाई ठिक हो भन्ने पनि भएन, कालोलाई सेतो भन्ने कुरा पनि भएन ।’

थापाले ओलीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गर्नुभयो । सधै झुटको पर्दाफास गर्दै हिँड्ने भन्दै त्यस्तो अवस्था बढी सन्कियो भने शरीरलाई असर पर्ने थापाको टिप्पणी छ । ‘उहाँलाई एउटा एडभाइस के हो भने बुढा बा धेरै सनक्क सन्किने गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो गर्ला । शरीरको ख्याल गर्नुहोला यो भन्दा धेरै भन्नु छैन,’ थापाले भन्नुभयो । ओलीलाई लजिक नभई म्याजिक मन पर्ने थापाको आरोप छ । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी गनुएभयो । ओलीले आफ्नो आइडिया चोरेको आरोप लगाएको भन्दै थापाले भन्नुभयो, ‘मेरो आइडिया चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ ।’

ओलीको समृद्धिको आइडियामा अहंकारको भ्युटावर रहेको बताउँदै भन्नुभयो, ‘तपाईको समृद्धिमा अहंकारको भ्युटावर छ । त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group