ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा ५ वर्ष जेल सजाय


एबीसी / संवाददाता
बैशाख १४, २०७९ बुधबार   १ : ५८   बजे

काठमाडौँ, १४ बैशाख । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी पूर्व नेतृ आङ सान सुकीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ । पूर्व नेतृ आङ सुकीलाई भ्रष्टाचर सम्बन्धी दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी नेपाई तावमा बन्द कोठाभित्र गरिएको सुनुवाई सार्वजनिक गर्न र सञ्चारमाध्मलाई रोक लगाइएको छ । त्यस्तै सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न निषेध गरिएको छ ।

७६ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुचीलाई मतदाता ठगीलगायत अपराधको अभियोग लगाइएको छ । पछिल्लो सजायले उनको कुल जेल सजायलाई ११ वर्षमा पुर्याएको छ । यसअघि पनि अन्य अपराधका लागि दोषी ठहराइएको थियो । सु्चीले अझै पनि १० अन्य भ्रष्टाचार आरोपहरू सामना गरिरहेकी छन् । प्रत्येकलाई अधिकतम १५ वर्षको सजायको साथै चुनाव धाँधली र आधिकारिक गोप्य ऐन उल्लंघनको आरोप लगाइएको छ । उनले सबै आरोपहरू अस्वीकार गर्दै आएकी छन् भने मानव अधिकार समूहहरूले अदालतको सुनुवाईलाई धोखाको संज्ञा दिँदै फैसलाको निन्दा गरेका छन् ।

म्यानमारमा प्रजातन्त्रको प्रतिकको रूपमा उच्च मानिने सुकीलाई आजीवन कारावासको सजाय सुनाउनका लागि जुन्टा शासनले आरोपहरू लगाएको उनका समर्थकहरूले दावी गरेका छन् । म्यानमारकी प्रजातन्त्रवादी पूर्व नेतृ आङ सान सुकी सन् २०२१ को फेब्रुअरीदेखि सेनाले आफ्नो निर्वाचित सरकारलाई सत्ताच्यूत गरेपछि घरमै नजरबन्दमा बसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group