ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सक्षम उम्मेदवारको खोजीमा मतदाता


एबीसी / संवाददाता

काठमाडौं, ८ वैशाख । कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिनुभएको छ । विगतका वर्षमा स्थानीय अगुवाको पछाडि लागेर मतदान गरेका सोमलाल यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा हुनुहुन्न । “विगतका निर्वाचनमा समुदायको अगुवाले जहाँ भन्यो त्यहीँ भोट हाल्यौं । एक जनाको पछाडि सिङ्गो समुदाय लाग्यो । भोट हालेर चुनाव त जितायौँ तर चुनाव जितेका र भोट हाल्न निर्देशन दिएका अगुवाले समेत हामीलाई बिर्से”, उहाँले भन्नुभयो, “यो पटक त्यस्तो गल्ती गर्ने पक्षमा हामी छैनौँ । वर्षाँैंदेखिको हामी सुकुम्वासीको समस्या समाधान गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई भोट दिन्छौँ ।”

विसं २०६४ देखि एकतापुर शिविरमै बस्दै आएकी सुमित्रा विश्वकर्माले विगतका निर्वाचनमा कैयौँ राजनीतिक दलहरूले चुनावमा जित्यो भने सुकुम्वासीको समस्या समाधान गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको बताउँदै प्रतिबद्धताको कागज आज पनि आफूहरुसँग सुरक्षित भए पनि चुनाव जितेकाले फर्केर शिविरमा नआएको बताउनुभयो । “वर्षौदेखि हामीहरु आधारभूत आवश्यकताबाटसमेत वञ्चित हुँदै आएका छौँ । हाम्रो बस्तीमा बिजुली छैन, सडक छैन, खानेपानी छैन, शिक्षाका लागि विद्यालय छैन । यस्ता कैयौँ आवश्यकताको पर्खाइमा हामी छौँ”, उहाँले भन्नुभयो, “यी आवश्यकता पूरा गर्छौं भनेर हामीसँग प्रतिबद्धता गरेर गएकाहरु आज फेरि बस्तीमा आइसकेका छन् । तर, हाम्रा आवश्यकता पूरा गरेर होइन, भोट माग्नको लागि आएका छन् ।” उहाँले यसपटक भने आश्वासन दिने भन्दा सम्भावना बोकेको नयाँ व्यक्तिलाई भोट दिने उल्लेख गर्दै हिजोको जस्तो नागरिक अरुको लहैलहैमा लागेर होइन, स्थानीय आवश्यकता र नागरिकको अधिकारलाई सुरक्षित राख्न सक्ने उम्मेदवारलाई भोट दिने बताउनुभयो ।

टीकापुर नगरपालिका–३ का आशिष जनाला पनि पार्टी भन्दा व्यक्तिको पर्खाइमा रहेको बताउनुभयो । राजनीतिक आस्था जुनसुकै पार्टीमा भए पनि यसपटक पार्टी भन्दा माथि उठेर सक्षम व्यक्तिलाई मौका दिनुपर्ने पक्षमा आफू रहेको उहाँले बताउनुभयो । “म पनि कुनै राजनीतिक दलसँग आवद्ध छौँ । आस्थाले समुन्नत समाजको निर्माण नहुने रहेछ”, उहाँले भन्नुभयो, “समुन्नत समाजका लागि भिजन भएको व्यक्तिलाई पालिकाको नेतृत्वमा ल्याउनुपर्छ ।” मैले अरुलाई दिने सुझाव पनि त्यहीँ हो । अहिले पार्टी नहेरौँ व्यक्ति हेरौँ, उहाँले भन्नुभयो । भजनी नगरपालिका–६ कि दिव्या चौधरी दुई वर्षदेखि महुन्याल सामुदायिक वनको जग्गामा त्रिपाल हालेर बस्दै आउनुभएको छ । दिव्या मात्रै होइन, बाढीबाट विस्थापित भएका धेरैले सामुदायिक वनको जग्गा अतिक्रमण गरि बसेका छन् । दुई वर्ष वितिसक्दा पनि उपयुक्त व्यवस्थापन हुन नसक्दा उनीहरु आक्रोशित छन् । “सुकुम्वासी समस्या समाधान वा व्यवस्थापन जसले गर्छ, त्यही उम्मेदवारलाई हामीले भोट दिन्छौं”, उहाँले भन्नुभयो, “हामीले अहिले पहिला काम त्यसपछि भोट अभियान नै चलाएका छौँ ।” आश्वासनले हामीलाई केही दिन सकेन । हाम्रा पीडाको सम्बोधन कतैबाट पनि भएन, त्यसैले हाम्रो काम गर्ने उम्मेदवारलाई नै भोट दिइने उहाँको भनाइ छ । “अब पार्टी नभएर कुनै सक्षम व्यक्तिलाई चयन गर्न सक्यो भने माग पूरा हुन्छ कि भन्ने आशा अझै बाँकी छ”, उहाँले भन्नुभयो ।

भजनी नगरपालिका–५ का सूर्यबहादुर साउद पनि महुल्याल सामुदायिक वनको जग्गामा बस्दै आउनुभएको छ । कान्द्रा नदीको बाढीबाट विस्थापित भएका सूर्यबहादुरको आशा सरकारले व्यवस्थापन गर्ला भन्ने थियो । त्यो आशा उनको पूरा हुनसकेन । निर्वाचनको समयमा नदीमा तटबन्ध गर्ने एजेन्डालाई विशेष महत्व दिएका उम्मेदवारले निर्वाचन जितेर कार्यकाल पूरा गरे पनि ती एजेन्डा पूरा गर्न नसकेको उहाँले भन्नुभयो । “घरघर आए भोट मागे । यो गर्छु त्यो गर्छु भने, चुनाव जिते सरकार चलाए । पाँच वर्षसम्म भोट दिएर जिताएका जनतालाई कुनै नेताले सम्झिएनन् । हाम्रो समस्या बुझ्न कोही आएन”, साउदले भन्नुभयो, “अब हामी पनि सचेत भइसकेका छौँ । कसले काम गर्नसक्छ कसले सक्दैन, त्यो छुट्याउन सक्ने क्षमता हामीमा पनि छ । त्यसैअनुसार हामीले पार्टी भन्दा पनि व्यक्तिलाई भोट हाल्छौँ ।”
भजनी नगरपालिका–५ दुदुवाफाँटाका लोकेन्द्र साउदको पीडा पनि त्यस्तै छ । उहाँसँग पाँच बिघा जग्गाको लालपूर्जा छ । त्योमध्ये उहाँसँग अहिले दुई बिघा जग्गा छ । मोहना नदीको कटानले उहाँको दुई बिघा जग्गा नदीमा परिणत भइसकको छ । “अहिले सरकारले सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँदै आएको छ । सुकुम्वासी हौँ भनौँ भने जग्गा छ । होइनौँ भने सबैभन्दा बढी सुकुम्वासी हामी भएका छौँ । यसमा राज्यले केही गर्न सकेन”, उहाँले भन्नुभयो, “अब हामी त्यो आश्वासन दिने व्यक्तिको पक्षमा छैनौँ । हाम्रो मुद्दालाई महसुस गरेको व्यक्तिलाई अबको निर्वाचनमा हाम्रो साथ र समर्थन रहने छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com