ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच नीतिगत वाक युद्ध, देशमा गम्भीर संकट उत्पन्न हुने जाेखिम


एबीसी / संवाददाता
बैशाख ८, २०७९ बिहीबार   १ : २५   बजे

काठमाडौँ, ८ बैशाख । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको नीतिगत वाक युद्धका कारण देशमा गम्भीर संकट उत्पन्न हुने देखिएको छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउने प्रमुख दुई निकाय अर्थमन्त्रालय र केन्द्रीय बैंकको प्रत्यक्ष संलग्न भएर देश अगाडि बढेको हुन्छ । हाल अर्थतन्त्रमा अधिक तरलतालगायत विदेशी सञ्चितिमा दबाव परिसकेको छ ।

जसलाई सुधार गर्न अबको स्थितिमा मुलुकको अर्थतन्त्रलाई गम्भीर रुपमा हेरिन आवश्यक छ । तर पछिल्लो समय अर्थमन्त्री तथा गभर्नरको नीतिगत वाक युद्धले गर्दा मुलुकमाथि नै गम्भीर संकट निम्तिने त होइन रु आम चासोको विषय बनेको छ ।
अर्थमन्त्री र गभर्नरबीचको भित्री संघर्ष जे भएपनि बाहिर भने यसको प्रत्यक्ष प्रभाव मुलुकको अर्थतन्त्रमा देखिइसकेको छ । सर्वोच्व अदालतले हाल गभर्नरलाई अन्तरिम आदेश जारी गरी पुनर्वहाली गरिसकेको छ । अब भने अर्थमन्त्रालय र राष्ट्र बैंकको समन्वय कस्तो होला भन्ने आम चासोको विषय बनेको छ । मुलुकको अर्थतन्त्रलाई नीतिगत र वित्तीय लयमा राख्न दुवै संस्था अपरिहार्य छ । यदि द्वन्द्वको तुष रहिरह्यो भने समग्र अर्थतन्त्रलाई असर पार्ने भएकाले अहिलेको अर्थतन्त्र सुधार्न, विदेशी सञ्चिति कम गर्न चुनौती स्विकारेर अगाडी बढ्नुपर्ने अवस्था आएको छ । मुलुकको अर्थतन्त्र अगाडि बढाउन दुवै निकाय प्रमुखले प्रतिशोध त्याग्नुपर्ने पूर्व गभर्नरको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले ऋणको ब्याजदरलाई माग र आपूर्तिले निर्धारण गर्ने र राष्ट्र बैंक स्वायत्त निकाय भएकोले यसले स्वतन्त्र रुपमा मौद्रिक नीति बनाई लागू तथा परिमार्जन गर्ने अधिकार भएकोले आफूलाई अर्थ मन्त्रालयले नियन्त्रण गर्न नहुने जनाएको छ ।
अर्को तर्फ अर्थमन्त्रीले भने राष्ट्र बैंकले कुनै पनि नीति नियम लागू गर्दा आफूलाई जानकारी नदिने गरेको, नेपाल राष्ट्र बैंक अर्थमन्त्रालयको सहयोगी निकाय भएपनि कुनैपनि राष्ट्रको आर्थिक र मौद्रिक समस्याको बारेमा असहयोग गरेको आरोप लगाउँदै आएको छ । यसैगरी अर्थमन्त्रालयलाई जानकारी नदिई गोप्य सूचना चुहाएको तथा व्यापार घाटा, विदेशी मुद्रा मौज्दातको बारेमा कुनै पनि जानकारी नदिई राष्ट्र बैकले गुमराहमा राखेको आरोप लगाउनु भएको छ । यदि यस्तो आरोप प्रत्यारोप गर्दे जाने हो भने यसको प्रत्यक्ष असर अब आउने बजेट तथा मौद्रिक नीतिमा पर्नेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक संकट रहेको, रेमिट्यान्स घटेको, विदेशी मुद्राको मौज्दात अत्यधिक घटेको, आयात अत्याधिक बढेको र निर्यात वृद्धि हुन नसकी व्यापार घाटा ऐतिहासिक रुपमा बढेको अवस्थामा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले आपसी समन्वयगरि संकटको समाधान गर्नु अहिलेको टड्कारो आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group