ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फेल्ट’को विषयमा सरकारी निकाय नै उदासीन : व्यवसायी


एबीसी / संवाददाता
बैशाख ७, २०७९ बुधबार   ८ : ११   बजे

काठमाडौँ, ७ बैशाख । नेपालमा फेल्ट अर्थात कच्चा ऊनको व्यावसायिक प्रवर्द्धनको इतिहास सन् १९९३ देखि शुरु भएको मानिन्छ । नेपाल राष्ट्र बैकको पछिल्लो तथ्याङ्कले नेपालमा आयातको प्रकोप मात्र बढेको छैन, निर्यातमा पनि केही अंश सुखद समाचार देखाएको छ ।

नेपालबाट निर्यात भई विदेशी मुद्रा आर्जनको महत्वपूर्ण भूमिका निर्वाह गरेको ‘फेल्ट’को विषयमा सरकारी निकाय नै उदासीन बनेको भन्दै व्यवसायीहरू असन्तुष्ट बनेका छन् । अहिलेसम्म निरन्तर निर्यात वृद्धि गरेको नेपाली ऊन अर्थात् फेल्ट संसारभरिमा नेपाल एक नम्बरको निर्यातक राष्ट्र बन्न सफल भएको छ । फेल्ट अर्थात कच्चा ऊन जुन कच्चा माटोसँग तुलनायोग्य छ । यसबाट आफूले चाहेका सजावटका सामग्री बनाउन सकिन्छ । साबुन पानीको प्रयोग गरी बनाइने वेट फेल्टिङ र विशेष प्रकारको निडल प्रयोग गरी निडल फेल्टिङ दुई प्रकारले वस्तु निर्माण गरिन्छ । भेडाको ऊन प्रशोधन गरी रङ गरेर यस्ता सामान बनाइन्छ । हाल विश्व बजारमा इन्ड्रष्टीयल फेल्ट र एक्रेलिक फेल्टको प्रयोग हुने गरेको छ ।

नेपाली ऊनी फेल्ट भने पूर्ण रूपमा हातबाट बनाइने आर्ट एण्ड क्राफ्टको नयाँ रूप भएको व्यवसायी बताउँछन् । १५० उद्योग सञ्चालनमा रहेका उद्योगले उत्पादन गरेका ९९ प्रतिशत वस्तु निर्यात हुने गरेको छ । घरमै पनि बसेर गर्न सकिने यो काममा ९९ प्रतिशत महिला संलग्न छन् । अन्तराष्ट्रिय बजारमा फेल्ट कार्पेट, जुत्ता, घरपालुवा जनावरका सामान, फेल्ट आर्ट, सजावटका सामान, सल लगायतका वस्तु प्रमुख निर्यातका वस्तु हुन् । यूरोपका अधिकांश देश, अष्ट्रेलिया, जापान, चीनलगायत निर्यात हुने ऊनका वस्तु नेपाली बजारमा भने पाउन मुश्किल छ । चालु आर्थिक वर्षको पछिल्लो तथ्याङ्क अनुसार नेपालको निर्यातमा ८२ दशमलव ९ प्रतिशतले वृद्धि हुँदा १ खर्ब ४७ अर्बको वस्तु निर्यात भएको छ । फेल्टको हिस्सा ठूलो रहेको र पश्मिनाको बजारलाई पनि पछि पारेको नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष एवं व्यवसायी नरेशलाल श्रेष्ठ बताउनुहुन्छ ।

संघले निर्यात प्रोत्साहनका लागि अन्य मुलुकजस्तै सरकारले नगद प्रोत्साहन र निर्यात कर्जा सहुलियत दरमा दिनुपर्ने माग गर्दै आएका छ । विदेशी मुद्राको आयातको मुख्य श्रोत बन्दै गएको यो क्षेत्रलाई वृद्धि गर्न तालिम मार्फत दक्ष जनशक्तिको उत्पादन निर्यात गन्तव्य अहिलेको आवश्यकता हो । विदेशी मुद्रा आर्जनमा दीगो र दरिलो माध्यम बन्न सक्ने कच्चा ऊनको व्यापारलाई थप व्यावसायिक बनाउन उद्योगीहरूलाई प्रोत्साहनको जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group