ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन् : नेपाल उद्योग परिसंघ


एबीसी / संवाददाता
बैशाख ६, २०७९ मंगलबार   ६ : ०९   बजे

काठमाडौँ, ६ बैशाख । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर परिसंघले यस्तो दाबी गरेको हो । परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले उपलब्ध तथ्याङ्क र विगतको परिदृश्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्थामा नभएको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्दै प्रचार भए पनि तत्काल कोही पनि प्यानिक हुनुपर्ने अवस्था नभएको बताउनुभयो । अध्यक्ष अग्रवालले अर्थतन्त्र संकटको अवस्थामा नभएता पनि चनाखो भएर भने हिड्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताउनुभयो । नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भइरहेको उहाँको भनाइ छ । अध्यक्ष अग्रवालले भुक्तानी सन्तुलन नोक्सानमा जाँदा नेपालको अर्थतन्त्रमा केही समस्या भने देखिएको बताउनुभयो । उहाँले नेपालमा मुद्रास्फीति उच्च दरमा नपुगेको, बेरोजगारीको समस्या एकै पटक नदेखिएको, बजारमा माग बढिरहेको, समाजिक समस्या नदेखिएकाले अर्थतन्त्रमा संकट नदेखिएको बताउनुभयो ।

अग्रवालले परिसंघले बारम्बार सरकारसँग अर्थतन्त्रमा थपिएका चुनौती समाधान गर्न आग्रह गर्दै आएको बताउनुभयो । परिसंघले कम्तीमा ३ वर्षको सीमा तोकेर विदेशीलाई डलरमा सेयर किन्न दिनुपर्ने सुझाव दिएको छ । त्यसरी सेयर किन्नेहरुलाई ऋण पत्र खरिद अनिवार्य गर्नुपर्ने धारणा संघले अघि सारेको छ । रेमिटेन्स पठाउनेहरूलाई छुट्टै परिचय पत्र बनाएर सरकारी सेवामा अग्राधिकार पनि परिसंघले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group