ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त


एबीसी / संवाददाता

 

काठमाडौँ २१ चैत्र । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारत सरकारको विदेश सचिवमा नियुक्त भएका छन् । क्वात्राको नियुक्तिबारे सोमबार भारत सरकारले प्रेस वक्तव्य मार्फत सर्वजनिक गरेको हो ।

क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए । क्वात्राले यसभन्दा पहिले भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रुपमा महत्वपूर्ण जिम्मेवराी सम्हालिसकेका छन् । २०१० देखि २०१३ सम्म उनले अमेरिकास्थित भारतीय दूतावासमा पनि काम गरेका थिए भने २०१३ को जुलाइदेखि २०१५ अक्टोबरसम्म क्वात्राले विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान विभाग साथै विदेश मन्त्रालयस्थित अमेरिका डिभिजन प्रमुखको रूपमा कार्यरत थिए । अमेरिका र क्यानडासँग भारतको सम्बन्ध विस्तारमा त्यस अवधिमा हालका विदेश मन्त्री एस जयशंकर र कत्रात्राको भूमिका उल्लेखनीय बताइन्छ ।

क्वात्रासँग भारतको विदेश नीति निर्माणसमेत उल्ल्ेखनीय योगदान रहंदै आएको छ । ३० वर्षभन्दा लामो पेशागत अनुभव रहेका क्वात्रा २०२० को जनवरीमा नेपालका लागि राजदूतको रुपमा नियुक्त भएका थिए । उनको नेपाल कार्यकालस सफल रहेकोमा मोदी प्रशासन प्रसन्न देखिन्छ । क्वात्रा मोदीको नीति निर्माण तहको कोर समूहभित्रका कुटनीतिज्ञ मानिन्छन् । उनी प्रचारभन्दा परिणममुखी कुटनीतिज्ञ हुन् । उनले यही महिना अप्रिल ३० तारिखदेखि विदेश सचिवको पद बहाल गर्नेछन् । क्वात्राले हर्षवर्धन श्रृंगलालाई विस्थापित गर्दैछन् । त्यसअघिका विदेश सचिव हाल विदेश मन्त्री रहेका छन् ।
भारतमा प्रधानमन्त्री कार्यालयको प्रमुख सचिवसंगै विदेश सचिव महत्वपूर्ण पद हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com