ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त


एबीसी / संवाददाता
चैत्र २१, २०७८ सोमबार  ८ : २२ बजे

 

काठमाडौँ २१ चैत्र । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारत सरकारको विदेश सचिवमा नियुक्त भएका छन् । क्वात्राको नियुक्तिबारे सोमबार भारत सरकारले प्रेस वक्तव्य मार्फत सर्वजनिक गरेको हो ।

क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए । क्वात्राले यसभन्दा पहिले भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रुपमा महत्वपूर्ण जिम्मेवराी सम्हालिसकेका छन् । २०१० देखि २०१३ सम्म उनले अमेरिकास्थित भारतीय दूतावासमा पनि काम गरेका थिए भने २०१३ को जुलाइदेखि २०१५ अक्टोबरसम्म क्वात्राले विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान विभाग साथै विदेश मन्त्रालयस्थित अमेरिका डिभिजन प्रमुखको रूपमा कार्यरत थिए । अमेरिका र क्यानडासँग भारतको सम्बन्ध विस्तारमा त्यस अवधिमा हालका विदेश मन्त्री एस जयशंकर र कत्रात्राको भूमिका उल्लेखनीय बताइन्छ ।

क्वात्रासँग भारतको विदेश नीति निर्माणसमेत उल्ल्ेखनीय योगदान रहंदै आएको छ । ३० वर्षभन्दा लामो पेशागत अनुभव रहेका क्वात्रा २०२० को जनवरीमा नेपालका लागि राजदूतको रुपमा नियुक्त भएका थिए । उनको नेपाल कार्यकालस सफल रहेकोमा मोदी प्रशासन प्रसन्न देखिन्छ । क्वात्रा मोदीको नीति निर्माण तहको कोर समूहभित्रका कुटनीतिज्ञ मानिन्छन् । उनी प्रचारभन्दा परिणममुखी कुटनीतिज्ञ हुन् । उनले यही महिना अप्रिल ३० तारिखदेखि विदेश सचिवको पद बहाल गर्नेछन् । क्वात्राले हर्षवर्धन श्रृंगलालाई विस्थापित गर्दैछन् । त्यसअघिका विदेश सचिव हाल विदेश मन्त्री रहेका छन् ।
भारतमा प्रधानमन्त्री कार्यालयको प्रमुख सचिवसंगै विदेश सचिव महत्वपूर्ण पद हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com