ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आचारसंहिता उल्लंघन गर्ने काम नगर्न निर्वाचन आयोगको आग्रह


एबीसी / संवाददाता
चैत्र १७, २०७८ बिहीबार  ४ : ४९ बजे

काठमाडौँ, १७ चैत । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ पनि आयोगले निगरानी गरिरहेकाले ख्याल गर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजले आज (बिहिबार) गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ख्याल गर्न आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी गतिविधि गर्दा र अभिव्यक्ति दिँदा ध्यान दिनसमेत उहाँले दलहरुको ध्यानाकर्षण गराउनुभयो । स्थानीय निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग हुनसक्ने तथा राजनीतिक दलका नेताहरूले दिने अभिव्यक्तिले आचारसंहिता उल्लंघन गर्ने होकि भन्नेमा आयोग सतर्क रहेको थपलियाको भनाइ छ ।

निर्वाचनका क्रममा सामाजिक सञ्जालमा आचारसंहिता अनुगमन गर्नका लागि आयोगको नेतृत्वमा गृहमन्त्रालय, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि र विज्ञहरू संलग्न रहेको टोली गठन गरिएको उहाँले बताउनुभयो । कानूनविज्ञ, राजनीतिक दलका प्रतिनिधि र सार्वजनिक आह्वान गरेर निर्वाचन आचारसंहिता तयार पारिएको भन्दै थपलियाले त्यसको पालना गर्न राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गर्नुभयो । आचारसंहिता तयार पार्ने बेलामा सत्तामा रहेकाले खुकुलो खोज्ने र प्रतिपक्षमा रहेकाले कडाई बनाउने खोज्ने भन्दै उहाँले राजनीतिक दलहरूले आफ्नो सहभागितामा तयार भएको आचारसंहिता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com