ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अङ्कको वृद्धि


एबीसी / संवाददाता

काठमाण्डौं, २६ फागुन । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले उकालो लागेर ४९३.५३ मा पुगेको छ । कूल २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर रु दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १६.४९, व्यापार ६०.५३, होटल तथा पर्यटन ४२.४४, विकास बैंक २०२.९१, जलविद्युत् १२४.४२, वित्त १०२.७८, निर्जीवन बीमा २४८.१, उत्पादन १२७.२, अन्य ०.८६, लघुवित्त ९७.४, जीवन बीमा ३७२.७९, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.४१ अङ्कले उकालो लागेको छ ।
शेयर कारोबार हुने साताको अन्तिम दिन बजार पूँजीकरण रु ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख ६७ हजार ५२४ बराबर पुगेको छ । कारोबारका आधारमा अपिपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु १६ करोड ६५ लाख २९ हजार ९६६ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड १२ लाख ५६ हजार २२३, एनआइसी एशिया बैंक रु १२ करोड ४६ लाख ११ हजार ५७५, अरुण भ्याली हाइड्रोपावर रु ११ करोड ८६ लाख ७४ हजार ९८८ र हिमालयन डिस्टिलरी रु नौ करोड एक लाख ९३ हजार ८९० बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।
नेप्सेका अनुसार इमर्जिङ नेपाल लिमिटेड ९.९८, कर्णाली डेभलपमेन्ट बैंक ८.८९, नेपाल हाइड्रो डेभलपर्स ८.६५, प्रोगेसिभ फाइनान्स ८.५३ र ज्योति विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतले कमाए । यस्तै माउण्टेन इनर्जी ३.०८, नेपाल दूरसञ्चार कम्पनी २.०२, बोटलर्स नेपाल तराई १.८३, आइसिएफसी फाइनान्सको ऋणपत्र १.३६ र गुडविल फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

जेनजी आन्दोलन :बीमा दाबी २३ अर्ब ३९ करोड

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com