ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमकोटमा मौलिकता झल्काउँदै चैतलो पर्व


एबीसी / संवाददाता
फाल्गुन १२, २०७८ बिहीबार   ४ : ३२   बजे

सिमकोट, १२ फागुन । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–१ र २ ठेहे गाउँमा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । बिहीबारदेखि शुरुभएको यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन् ।

ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो (देउडा) खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको ६३ वर्षीय मैना बोहराले बताउनुभयो । परापूर्वकालमा फागुन १२ गतेकै दिन राक्षसले महिलालाई भगाएर लगेपछि त्यसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्कदै जाने गर्दा राक्षस भुलिएको उहाँकोे भनाइ छ । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलालाई राक्षसले उठाएर लिने भएकाले यो पर्वमा माने नाच पनि गर्ने गरिन्छ । दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्यसमेत गरिँदै आएको बोहोराले बताउनुभयो । यो पर्वको अन्तिम दिनमा महिलाको पुरानो गाडोले बनेको दौरा लगाएर बोहरा भण्डारी दुई जातिले प्रतिस्पर्धाका रुपमा तरबार समातेर नाच देखाउने गरेको अर्का स्थानीयवासी कुम्मेर भण्डारीले जानकारी दिनुभयो । यो पर्वमा गाउँ नजिकैको पाइकपर्ने स्थानमा महिलाले सिङ्गारिएका पहिरन लगाएर जुहारी खेल्ने गर्दछन् भने थोत्रा कपडा लगाएका पुरुषले खरानीका पोका बनाएर महिलाले गाइरहेको स्थानमा आएर राक्षसलाई भुलाउन नाच देखाउने गर्छन् । पर्वमा काठका सामग्रीबाट बनाइएको घोडा चडेर नृत्य पनि गरिन्छ । एक दुई दिन पैदल हिँडेर पनि यो पर्वमा रमाइलो हेर्न महिला र पुरुषले पुराना धातुका गहना लगाएर ठेहेमा आउँछन् । ठेहे गाउँमा मात्र मनाइने दुर्लभ पर्व पछिल्लो समय लामा समुदाय, अन्य गाउँ बस्तीमा रहेका क्षेत्री समुदायले पनि चाडपर्वका रुपमा मनाउने गरेका छन् । केही वर्ष यतादेखि फागुन १२ गतेकै दिन जिल्ला सदरमुकाम सिमकोटमा पनि यो पर्व मनाउँदै आएको छ ।

विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गर्दछन् । श्रीमान्‌काे मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउँछन् । चैतलो वर्षलाई यहाँका महिलाले पहेँलो बस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रूपमा खेल्ने गरिन्छ । वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि यसलाई मनाउने गरिन्छ । गाउँगाउँ, टोलटोलबाट पहेँलो बस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो । यो पर्वमा गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाच खेल्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group