ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अङ्कको गिरावट


एबीसी / संवाददाता
फाल्गुन ८, २०७८ आईतबार  ४ : ३६ बजे

काठमाडौँ, ८ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक ३९ दशमलव ४० अङ्कले ओरालो लागेर दुई हजार ६९३ दशमलव दशमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सटिभ परिसूचक चार दशमलव ९९ अङ्कले घटेर ५१३ दशमलव ६४ मा पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयरलगानीका सम्बन्धमा कडा व्यवस्था गरेपछि त्यसको असर शेयर बजारमा देखिएको हो ।

कूल २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर रु. चार अर्ब आठ करोड ६४ लाख ७४ हजार ८२८ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर नौ दशमलव ७३ अङ्कले उकालो लाग्दा बैंकिङ २५दशमलव ७५, व्यापार ५६ दशमलव ६७, होटल तथा पर्यटन ४३ दशमलव ७२, विकास बैंक ९१ दशमलव १५, जलविद्युत् ३१ दशमलव ८६, वित्त ४६ दशमलव ८२, निर्जीवन बीमा २८ दशमलव ७५, उत्पादन १६२ दशमलव आठ, लघुवित्त ६६ दशमलव २५, जीवन बीमा ३६७ दशमलव ११, सामूहिक लगानी कोष ० दशमलव १८ र लगानी एक दशमलव ७२ अङ्कले ओरालो लागेको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब १४ अर्ब ४८ करोड ६५ लाख ८० हजार ६१९ बराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ५९ करोड दुई लाख २३ हजार ४५० बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरण रु. १९ करोड दुई लाख ९६ हजार १५०, अरुण भ्याली हाइड्रोपावर रु. १७ करोड १२ लाख ६७ हजार ९०१, अपि पावर कम्पनी रु. १६ करोड ५९ लाख २२ हजार ८३५ र हिमालयन डिष्टिलरीको रु. १५ करोड ३८ लाख ७९ हजार ८४९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार ओरालो लागेको बजारमा युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर आठ दशमलव ६४, सामलिङ पावर छ दशमलव ५५, नेपाल फाइनान्स चार दशमलव १८ र जीवन विकास लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४९ प्रतिशतले कमाए । यसैगरी नारायणी डेभलपमेन्ट बैंक चार दशमलव ७४, युनाइटेड इन्स्योरेन्स चार दशमलव ६३, रुरु जलविद्युत् परियोजना चार दशमलव २३, प्रिमियर इन्स्योरेन्स चार दशमलव ०३ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले तीन दशमलव ८६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

प्रधानमन्त्री बालेनको शपथमा यसकारण गएनन् ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com