ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक सहकार्यका लागि सम्झौता


एबीसी / संवाददाता

कर्णाली, २७ माघ । मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्धिपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्रा. डा. ली जी वेइले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा समकक्षी रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष वेइले आ–आफ्नो विश्वविद्यालयका शैक्षिक कार्यक्रम र सहकार्यका सम्भावनाबारे धारणा व्यक्त गर्नुभएको थियो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सम्झौतापश्चात् दुवै शैक्षिक संस्थाको विकासका साथै आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । तुङ्कु अब्दुल रहमान यूनिभर्सिटीका अध्यक्ष वेइले विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ तथा समर्थन रहने प्रतिबद्धता जनाउनुभयो । दुवै विश्वविद्यालयले समानता र पारस्परिकताका आधारमा आपसी हितका लागि विभिन्न सहयोगी गतिविधि सञ्चालनका लागि सम्झौता गर्न सहमत भएको जनाएका छन् । सम्झौता अवधि पाँच वर्षको रहेको छ । नेपाल सरकारद्वारा २०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय स्वायत्त तथा सार्वजनिक उच्च शिक्षा संस्था हो । यसले देशभर सात ग्रेजुएट स्कूल, १० आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज सञ्चालन गरेको छ । विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा समाजशास्त्र, कानून, व्यवस्थापन, विज्ञान तथा प्रविधि लगायतका विभिन्न विषयमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रममा गरी करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज मलेसियाका प्रथम प्रधानमन्त्रीको नामबाट सन् १९६९ मा स्थापना भई सन् २०१३ मा यूनिभर्सिटी कलेजका रुपमा स्तरोन्नति भएको हो । यस यूनिभर्सिटी कलेजका मलेसियामा छ आंगिक क्याम्पस रहेका छन् भने मुख्य क्याम्पस मलेसियाको राजधानी क्वालालम्पुरमा छ । यस विश्वविद्यालयमा लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटर तथा सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ्, प्रविधि, सामाजिक विज्ञान र मानविकी आदि कार्यक्रमअन्तर्गत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययनरत रहेको मध्यपश्चिम विश्वविद्यालयद्धारा जारी पे्रस नोटमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com