ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने


एबीसी / संवाददाता

कास्की, १७ माघ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ ।

पहिलोपटक स्वास्थ्य नीति बनाएको सरकारले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पुर्‍याउने उद्देश्यका साथ ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक संस्था’ नीति अबलम्वन गरिने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मधुमाया अधिकारीले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरिसकेको सन्र्दभमा प्रदेशका जनताको स्वास्थ्यसम्बन्धी मौलिक हकलाई सुनिश्चित गर्दे कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको रहेको बताउनुभयो । उहाँका अनुसार सङ्घीयताको मर्मबमोजिम सङ्घ र स्थानीय सरकारसँग सहकार्य गर्दै समतामूलक गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा पहुँच सुनिश्चित गरिनेछ । मन्त्री अधिकारीले निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवा स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराइने छ । यसका साथै आवश्यकताका आधारमा आधारभूत स्वास्थ्य सेवाको थप गर्दै समन्वय र सहकार्यमा लगिनेछ ।” स्वास्थ्य संस्था नभएका गण्डकी प्रदेशका सबै जिल्लाका वडामा आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य संंस्था स्थापना गरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी सबै स्वास्थ्य संस्थाबाट आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने र सोको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक स्रोतको व्यवस्थापनको नीति लिएको छ । सरकारले खोप र पोषण सेवालाई थप प्रभावकारी बनाउने नीति लिएको छ । प्रजनन स्वास्थ्य, बालस्वास्थ्य र किशोरावस्थाको स्वास्थ्यमा सुधारका लागि स्थानीयतहसँगको सहकार्यमा आवश्यकताका आधारमा मातृ प्रतीक्षागृह र बर्थिङ सेन्टरको विस्तार गरिने मन्त्री अधिकारीले जानकारी दिनुभयो । दुर्गम र अतिदुर्गम क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा जटिलता देखिएमा तत्काल हवाई उद्धारमार्फत सुविधासम्पन्न अस्पतालमा पुर्‍याइ सेवा प्रदान गर्ने र निःशुल्क सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने योजना सरकारको छ । यसैगरी अस्पताल र समुदायमा मातृ तथा नवजात शिशुको मृत्युको कारण पत्ता लगाउने कार्यलाई प्रणालीका रुपमा विकास गर्ने, नवजात शिशु र बालरोगको एकीकृत व्यवस्थापन, प्रजनन स्वास्थ्य, खोप सेवा र पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाइने स्वास्थ्य नीतिमा उल्लेख छ ।

सबै स्वास्थ्य संस्थामा अस्थायी परिवार नियोजनका साधनको नियमित उपलब्धता, प्रदेशस्तरका अस्पतालमा नियमित स्थायी बन्ध्याकरण सेवा सञ्चालन र आवश्यकताअनुसार समुदायमा परिवार नियोजन शिविर र स्याटेलाइट क्लिनिक सञ्चालन गरिने स्वास्थ्य नीतिमा उल्लेख छ । विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरी शारीरिक अभ्यास, स्वास्थ्य परीक्षण, किशोरीका लागि आइरन चक्की र सेनेटरी प्याड वितरण, शुद्ध खानेपानी र शौचालयको प्रवद्र्धनमा सहयोग र प्रदेशका पालिकाहरुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम विस्तार गरिने स्वास्थ्य नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com