ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए


एबीसी / संवाददाता

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष आइसियू प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।

गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु। एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो ।ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने दुःखद अवस्था रहेको स्थानीयवासी खम थापाले बताउनुभयो । “तत्कालै आइसियूमा राख्नुपर्ने बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्डर गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो “हेलिकप्टर चार्डर गर्न नसक्ने कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा जादा जादै बाटोमै ज्यान गुमाउनुपरेको छ ।”

दरबन्दी र जनशक्ति नहुँदा उपकरण भएपनि आइसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । आइसियू कक्ष सञ्चालन गर्न कम्तीमा चार जना मेडिकल अधिकृत, दश जना स्टाफ नर्स, दुई जना परामर्शदाता र चार जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारीदिनुभयो । “५० श्यया क्षमताका अस्पतालमा हाल रहेका ७ चिकित्सक र करारका सहित २४ स्टाफ नर्सलाई नियमित सेवा दिन हम्मे परेको छ,” उहाँले भन्नुभयो “आइसीयू चलाउने हो भने मेडिकल, इमरजेन्सी, ओपिडी कक्ष बन्द गर्नुपर्ने अवस्था छ । आधारभूत सेवालाई प्राथमिकता दिनुप¥यो । आइसीयू चलाउने जनशक्तिको दरबन्दीनै छैन् । चलाउन नपाएरै उपकरण बिग्रने होकी भन्ने चिन्ता छ ।”

गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आइसियू कक्ष बनाएर डेढ बर्षअघिनै उपकरण जडान भएका थिए । अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आइसीयू कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।अस्पतालको सबै श्ययामा पलान्टबाट पाइप मार्फत अक्सिजन आपूर्ति गर्ने ब्यवस्था मिलाइएको छ । विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकाले बालबालिका उपचार कक्षको आइसीयूलाई प्रयोगमा ल्याउने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com