ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यती एयरलाइन्स र यूएनडीपीबीच दीगो विकास लक्ष्यप्राप्ति सम्बन्धी सम्झौता


एबीसी / संवाददाता
पुस २९, २०७८ बिहीबार   ७ : २८   बजे

काठमाडौं । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता भएको छ । बुधबार काठमाडौंमा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकासलक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) अनोज रिमालले र यूएनडीपीको तर्फबाट नेपाल प्रमुख आइसाने लावेले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा बोल्दै यति एयरलाइन्सका सिईओ रिमालले यूएनडिपीसँग सन् २०१७ साल देखि नेपालमा मौसम परिर्वतन सम्बन्धी, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा काम गदै आएको बताउनु भयो । सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक, विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने भन्दै उहा“ले पहिलेदेखि गर्दै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने बताउनु भयो ।

त्यस्तै,यूएनडीपीका नेपाल प्रमुख आइसाने लावेले यति एयरलाइन्सस“गको सम्झौता नया“ नभएको उल्लेख गर्दै विगत सन् २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । कार्वन उत्सर्जन कम गर्न वातावरणको दीगो संरक्षण र विकासमा यो सम्झौताले महत्वपूर्ण काम गर्ने बताउनु भयो । उहा“ले सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको बताउनुभयो ।

यति एयरलाइन्सले कोरोना महामारीभन्दा अगाडि एक हवाइ यात्रु एक विरुवा रोप्ने अभियान समेत गर्दै आएको थियो । तर यो अभियान कोरोना महामारीको कारणले रोकिएको छ । एयरलान्सले अहिलेसम्म २ लाख ७३ हजार भन्दा बढी विरुवा विभिन्न ठाँउमा रोपेको दावी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group