ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘इन्द्रेणी’ रङमा सजिदै माओवादी केन्द्रीय समिति


एबीसी / संवाददाता
पुस १७, २०७८ शनिबार  ८ : ०६ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने भएको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको छ । निर्वाचन आयोगका अनुसार आजै पारित भएको विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने छ । यस्तै केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन् ।

यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गरेको माओवादीले केन्द्रीय समितिमा २२ जनाको सहभागिता सुनिश्चित गरेको छ । लामो समयदेखि सामाजिक बहिस्करणमा पारिएको दलित समुदायलाई केन्द्रीय नेतृत्वमा ल्याउन लागिएको माओवादीको भनाइ छ । आयोगका अनुसार सो समूहमा पुरुषतर्फ सात जनामा एक युवा, महिला १२ जना र ४० वर्षभन्दा कम उमेर समूहका तीन जनाको प्रतिनिधित्व हुनेछ । माओवादीले अल्पसङ्ख्यकको रूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको छ । त्यसमा पुरुषतर्फ दुई निर्वाचित हुनेछन् । त्यसमा एक जना ४० वर्षमाथिका र अर्का एक ४० वर्षभन्दा कम उमेर समूहका छन् । मुस्लिम महिलातर्फ चार जना निर्वाचित हुँदा एक जना ४० वर्षभन्दा कम उमेर समूहको निर्वाचित हुने व्यवस्था गरिएको छ ।

मधेशीतर्फ कूल २३ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन् । त्यसमा पुरुषको सङ्ख्या सात रहने छ । त्यसमा पनि छ जना ४० वर्षमाथिका र एक ४० वर्षभन्दा कम उमेर समूहका हुनेछन् । महिलातर्फ कूल १६ जना निर्वाचित हुनेछन् । त्यसमा १३ जना ४० वर्ष उमेर समूहभन्दा माथिका र तीन ४० वर्षभन्दा कम उमेर समूहका हुनेछन् । आदिवासी जनजातितर्फ कूल ४३ जना निर्वाचित हुनेछन् । त्यसमा पुरुषको सङ्ख्या १४ रहेको छ । त्यसमा पनि ११ जना ४० वर्षमाथिका रहँदा तीन भने त्यसभन्दा कम उमेर समूहका हुनेछन् । त्यस्तै कूल २९ जना महिला निर्वाचित हुनेछन् । थारू समुदायलाई माओवादीले १० सिट उपलब्ध गराएको छ । त्यसमा तीन पुरुषको सहभागिता रहनेछ । महिला कूल सात जना हुनेछन् ।

अपाङ्गता भएकातर्फ कूल दुई जना निर्वाचित हुनेछन् । त्यसमा पुरुष र महिलाको प्रतिनिधित्व एक÷एक जनाको हुनेछ । पिछडिएको क्षेत्रतर्फ पनि दुई जना निर्वाचित हुनेछन् । त्यसमा महिला र पुरुषको सङ्ख्या समान एकरएक छ । यस्तै खुलातर्फ कूल १४५ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । माओवादीको आज पारित भएको विधानअनुसार पदाधिकारीको सङ्ख्या १५ हुने व्यवस्था गरिएको छ । त्यसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । कूल केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । माओवादीले संविधानप्रदत्त अधिकारभन्दा पनि अगाडि बढेर सबै वर्ग तथा क्षेत्रको सहभागितालाई सुनिश्चित गरेको विधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जानकारी दिनुभएको थियो ।

इन्द्रेणीको सातै रङअनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरिएको र सबै वर्ग तथा क्षेत्रका अधिकारका लागि ‘जनयुद्ध’ को समयदेखि नै विशेष भूमिका प्रदान गरेको माओवादीको दाबी छ । महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकारसम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com