ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी


एबीसी / संवाददाता
मंसिर १३, २०७८ सोमबार   ६ : ४७   बजे

काठमाडौं । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार पदाधिकारीमा २३ तथा केन्द्रीय सदस्यमा ३१० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा एक, उपाध्यक्षमा सात, महासचिवमा एक, उपमहासचिवमा तीन तथा सचिवमा नौ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।

केन्द्रीय पदाधिकारीको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित भएको सुब्बाले बताउनुभयो । सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेका कारण उहाँहरुबीच प्रतिस्पर्धा हुने भएको छ । छ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यततर्फ भौगोलिक क्षेत्रअनुसार प्रदेश १ खुला छ जना आवश्यक भएकोमा नौ को उम्मेदवारी परेको छ भने तीन जना महिलामा तीन जनाको नै उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश २ मा खुला छ मा छ तथा महिलातर्फ तीनमा तीन जनाको नै उम्मेदवारी परेको छ । वाग्मती प्रदेशबाट पनि खुलातर्फ छ जना केन्द्रीय सदस्यमा आठ जना तथा महिलातर्फ तीन जनामा तीन जनाकै उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको छ जना खुला केन्द्रीय सदस्यमा छ तथा तीन जना महिला कोटामा तीन जनाकै उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशको छ जना खुला केन्द्रीय सदस्यमा छ तथा तीन महिला केन्द्रीय सदस्यमा तीन जनाकै उम्मेदवारी परेको छ । कर्णाली प्रदेशको छ जना खुला केन्द्रीय सदस्यतर्फ छ जनाकै र तीन महिला सदस्यका लागि तीन जनाकै उम्मेदवारी परेको छ ।

सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ छ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । सम्पर्क समन्वयतर्फ खुला एकमा १ जनाकै उम्मेदवारी परेको छ भने एक महिला कोटामा दुई जनाको उम्मेदवारी परेको छ । समावेशी केन्द्रीय सदस्यतर्फ आदिवासी जनजातिको १७ पदमा १९ जनाको तथा आठ महिला सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको सुब्बाले बताउनुभयो । मधेशीतर्फ १३ जना खुला केन्द्रीय सदस्यमा १५ तथा छ महिला केन्द्रीय सदस्यमा छ जनाकै उम्मेदवारी परेको छ । आठ दलित खुलातर्फ ११ जनाको र चार महिलातर्फ चार जनाकै उम्मेदवारी परेको सुब्बाको भनाइ छ ।

त्यसैगरी थारुबाट पाँच खुला केन्द्रीय सदस्यमा छ तथा दुई जना महिलाको कोटामा तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलातर्फ चार जना केन्द्रीय सदस्यमा छ तथा एक महिला केन्द्रीय सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । श्रमिक खुलातर्फ चार जनाको पदमा चार जनाकै र दुई जना महिला कोटामा दुई जनाकै उम्मेदवारी परेको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । पिछडिएको क्षेत्रबाट खुलाको तीन पदमा पाँच तथा एक महिलाको कोटामा एक जनाकै उम्मेदवारी परेको छ । खुला केन्द्रीय सदस्यको ८४ पदमा ८५ जना तथा महिला आरक्षित ५३ पदमा ५४ जनाको उम्मेदवारी परेको सुब्बाले बताउनुभयो ।

नेकपा एमालेका तीन वटा केन्द्रीय आयोगमा भने अवाश्यकताअनुसारको पदमा मात्रै उम्मेदवारी परेको छ । पच्चीस सदस्यीय केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका सबै पदमा निर्विरोध भएको सुब्बाले बताउनुभयो । एमालेको केन्द्रीय समितिमा आवश्यक पदअनुसार उम्मेदवारी परेका सबै निर्विरोध निर्वाचित हुने र आवश्यक पदभन्दा बढी उम्मेदवारी परेको पदमा भने निर्वाचन गराइने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group