ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक नीतिको असर सेयर बजारमा पहिरो, सबै उपसमूह राताम्मे


एबीसी / संवाददाता
मंसिर १२, २०७८ आईतबार   ३ : ३९   बजे

काठमाडौं । मौद्रिक नीतिको समीक्षाले सेयर बजारमा पहिरो ल्याएको छ ।
समीक्षा सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो। उक्त समीक्षामा लगानीकर्ताले हटाउन माग गरेको ४/१२ को क्याप (कुनै व्यक्ति वा संस्थाले सेयर धितो राखेर एउटा बैंक वा वित्तीय संस्थाबाट चार करोड रुपैया“ र समग्र बैंकिङ च्यानलबाट १२ करोड रुपैया“ मात्र ऋण लिन पाउने व्यवस्था) लाई राष्ट्र बैंकले यथावत् राखेको थियो ।

जसको प्रभाव आज सेयर बजारमा देखिएको हो । आजको कारोबारमा २ सय ३४ कम्पनी सामेल भएकामा १ करोड १९ लाख ३ हजारभन्दा बढी कित्ता सेयर बिक्री भएका छन् । दिनभरिमा ७० हजार ८ सय ४२ पटकको खरिदबिक्रीपछि ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज १३ वटै उपसूचक राताम्य हु“दा निर्जीवन, होटल, व्यापार, जीवन बीमा समूहको सूचक उच्च अंकले झरेको छ । आईसीएफसीका लगानीकर्ताले ९.७८ प्रतिशत कमाउनेबाहेक अन्य कम्पनीका लगानीकर्ताले नगन्य दरमा आम्दानी गरेका छन् ।गुमाउने लगानीकर्ताले ८.४९ प्रतिशतसम्म घाटा व्यहोरेको नेप्सेले जनाएको छ ।आज २९ करोडसम्मको अधिकतम कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group