ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलालाई राजनीतिक रुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध छ – प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
मंसिर ९, २०७८ बिहीबार  ३ : ४९ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियानको आवश्यकता औँल्याउनुभयो । महिला हिंसा अन्त्यका लागि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कोशेढुङ्गा सावित हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाको न्यायमा सहज पहँुचलाई सुनिश्चित गर्ने राष्ट्रिय महिला आयोगको संवैधानिक व्यवस्था गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

उहाँले भन्नुभयो, “लैङ्गिक समतामुलक समाज निर्माण गर्नका लागि हामीले संवैधानिक, नीतिगत र कानूनी अधिकार सुनिश्चित गरेका छौँ, प्रत्येक महिलालाई समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हकको संवैधानिक रुपमा सुनिश्चित गरिएको छ ।” महिला विरुद्ध हुने सबै प्रकारका भेद्भाव, हिंसा र शोषणको अन्त्य गर्न सबै प्रकारका भेद्भाव उन्मुलन गरी नीति तथा कार्यक्रमलाई थप प्रभावकारिताका साथ कार्यान्वयन गरिने प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

अझै पनि लैङ्गिक विभेद् र हिंसालाई बढवा दिने सामाजिक संरचनागत सोच, मूल्यमान्यता कायमै रहेको उल्लेख गर्दै उहाँले त्यसको अन्त्यका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिति र त्यसबाट महिलाले भोग्नुपरेको समस्या अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै गैरसरकारी सङ्घ÷संस्था, निजी क्षेत्र, सञ्चारकर्मी र अभियन्तालाई सचेतनामूलक तथा अभियानमुखी कार्यक्रम सञ्चालन गर्न आह्वान गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसा विरुद्धको सचेतना अभिवृद्धि गर्दै जोखिममा परेकालाई उद्दार, राहात पुनःस्थापना तथा मनोसामाजिक परामर्शसेवा प्रवाह गर्न सम्पूर्ण सरकारी, गैरसरकारी सङ्घ संस्था एवं सरोकारवाला सबैमा आह्वान गर्नुभयो । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष अमृता थापा र राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहलगायतले महिला हिंसा अन्त्यका लागि आ–आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुँदैआएको छ । नेपाल सरकारले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णयसमेत गरेको छ । दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा “ओरेन्ज द वल्ड ः इन्ड भ्वाइलेन्स अगेन्स वुमन नाव” रहेको छ । राष्ट्रिय नारा “घरैदेखि सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com