ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र !


एबीसी / संवाददाता

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ ।

सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो । तर उहाँलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन् । यातायात व्यवस्था कार्यालय आगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो । “मैले डाक्टरलाई भेटेन, आगाडिकै पसलबाट किनेर ल्याएको हुँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो, मनपरी शुल्क असुलेर पनि स्वास्थ्य चेकजाँच भएको छैन ।” निरोगिताको प्रमाणपत्र किनेर सवारी चालक अनुमतिपत्र नविकरण गर्न आवेदनसँगै पेश गरेको उहाँको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र लिन र नवीकरणका लागि आवश्यकपर्ने निरोगिताको प्रमाणपत्रको व्यापार भएको छ । निरोगिताको प्रमाणपत्रमा भएको खेलाचीले असक्षम व्यक्तिले सवारी चालक अनुमतिपत्र पाएका र अयोग्यको अनुमतिपत्र सहजै नवीकरण भएको छ । “कार्यालय छिर्न नपाउँदै भेटिएका व्यक्तिले डाक्टरसँग स्वास्थ्य परीक्षण नगराइ निरोगिताको प्रमाणपत्र दिए”, उहाँले भन्नुभयो, “त्यही कागज पेश गरेर सवारी चालक अनुमतिपत्र नवीकरण भयो ।” विचौलियाले चिकित्सकको दस्तखत गराएर पहिले नै निरोगिताको प्रमाणपत्र राखेका हुन्छन् ।

अनुसूचीमा विवरण भरेर तत्कालै निरोगिताको प्रमाणपत्र सहजै दिने गरेका छन् । बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका नागरिकले सेवा लिने यातायात व्यवस्था कार्यालय बागलुङको प्रवेशद्वारमै विचौलिया त्रिपाल टाँगेर बसेका भेटिन्छन् । सवारी साधन दर्ता, नवीकरण, रुट परमिट जस्ता कामका लागि सेवाग्राहीबाट जथाभावी र मनोमानी शुल्क असुल्ने गरेका बेनीका साजन पुनले बताउनुभयो । “हामीले आफैँ कागजात तयार पारेर जाँदा कर्मचारीले वास्ता नै गर्दैनन्”, उहाँले भन्नुभयो, “छिटो र सजिलोका लागि जति खर्च लागे पनि विचौलीयाको सहयोग लिन बाध्य हुनुपरेको छ ।”

आफैँले आवेदन भरेर जाने सेवाग्राहीले कर्मचारीले कामै नगर्ने गुनासो सेवाग्राहीको छ । आवेदनको फाराम भर्ने, कागजात तयार पार्ने काम गर्दै आएकाले लिने शुल्कको दररेट निर्धारण नहुँदा मनोमानी हिसाबले रकम असुल्ने गरेका छन् । तोकिएको ढाँचामा चिकित्सकले प्रमाणित गरेको निरोगिताको प्रमाणपत्र ल्याएर आउने सेवाग्राहीको काम रोक्न नमिल्ने यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापामगरले बताउनुभयो ।

“कार्यालयमा डाक्टरको दरबन्दी छैन । मेडिकल काउन्सिलमा दर्ता भएको नम्बर, नाम र चिकित्सकको दस्तखत भएको प्रमाणपत्र ल्याएर आउनेको काम रोक्न मिलेन”, उहाँले भन्नुभयो, “कहाँबाट कसरी निरोगिताको प्रमाणपत्र ल्याउँछन्, त्यो हामीलाई जानकारी हुँदैन ।” हालै नयाँ भवनमा सरेकाले कार्यालयको संरचना र व्यवस्थापनमा सुधार गर्न बाँकी रहेको बताउँदै प्रमुख थापामगरले सक्षम सेवाग्राहीले कसैको सहयोगविना आफैँ आवेदन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको छु भन्नुभयो ।

सवारी चालक अनुमतिपत्र, सवारी धनी पुर्जा नवीकरणलगायतको काम अनलाइनका माध्यमबाट सुरु गराउन लागिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com