ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा विवाद : भारतले ‘अनुचित माग’ राखेको चीनको आरोप


एबीसी / संवाददाता
आश्विन २५, २०७८ सोमबार  ६ : २३ बजे

काठमाडौं । सीमा विवादबारे भएको वार्तामा भारतीय पक्षले ‘अनुचित माग’ राखेको चीनले आरोप लगाएको छ । चिनिया जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका प्रवक्ता कर्नेल लोङ शाओहुवाले चिनिया पक्षले सैन्य अधिकारीहरूको वार्तामा तनाव कम गर्नका लागि ‘ठूलो पहल’ गरेको दाबी गरेका हुन् । तर भारत आफ्नो अनुचित र अवास्तविक मागमा अडिग रह्यो जसले छलफलमा अप्ठ्यारो खडा ग¥यो सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको थियो । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको थियो । कोर कमान्डर स्तरको वार्ताको यस १३ औ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा एलएसी को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ ।

यसअघि भारत र चीनका सैन्य अधिकारीबीच ३१ जुलाईमा १२ औ चरणको वार्ता भएको थियो । यसको केही दिनपछि दुवै देशका सैनिक गोगराबाट पछि हटेका थिए । सो क्षेत्रमा शान्ति बहला गर्ने दिशामा सो कदमलाई महत्त्वपूर्ण मानिएको थियो । गत वर्ष सो क्षेत्रमा भारत र चीनबीच कयौ झडप भएका थिए । यो वर्षको सुरुवातमा भारतले सीमा क्षेत्रमा ५० हजार थप सैनिक पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

सम्बन्धित

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com