ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्वलाई लक्षित गरी अनुगमनलाई तीव्रता


एबीसी / संवाददाता
आश्विन २०, २०७८ बुधबार  ३ : ३१ बजे

काठमाडौं । आउँदै गरेका बडादसैँ, तिहार छठलगायत चाडपर्वलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गतका कार्यालयले पसल अनुगमनलाई तीव्रता दिएको छ ।

विभागअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले आवश्यकताका आधारमा कार्य क्षेत्रभित्र पर्ने विभिन्न जिल्लाका विभिन्न खाद्यन्न पसलमा अनुगमनलाई तीव्रता दिएको जनाएको छ । प्रदेश नं २ का आठ जिल्लासहित मकवानपुर र चितवन सो कार्यालयको कार्यक्षेत्र रहेको बताइएको छ । पछिल्लो पटक चाडबाड लक्षित गरी पर्सा, बारा र चितवन जिल्लामा अनुगमनलाई थप तीव्रता दिएको कार्यालयका प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा अधिकांश पसलेले खरिदबिक्री देखाउन नसक्ने, अन्य कागजपत्र देखाउन नसक्ने, मूल्यसूची सार्वजनीक नगरी बढी मूल्यमा सामग्री बिक्री गर्ने र म्याद गिज्रिएको सामग्री बिक्री गर्ने गरेको पाइएको छ ।

उक्त पसलेलाई नियमानुुसार कारवाही गरिँदै आएको कार्यालयले जनाएको छ । चाडबाडको बेला वीरगञ्ज बजारमा म्याद गुज्रिएका सामग्री नयाँ स्टिकर लगाएर बिक्री गर्ने गरेको पाइएको बताइएको छ । कोरोना महामारीका कारण लामो समयसम्म ब्यापार नभएका व्यापारी चाडबाडको मौकामा म्याद गुज्रिएका खाद्यान्न सामग्री बिक्री गर्ने गरेको र त्यस्ता पसललाई आवश्यक कानुनी कारवाही गर्दै आएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बनभिटा, चिउरा, भुजियालगायतका खाद्य वस्तु र पेयपदार्थमा रिएलजुस कोकोकोला फ्यान्टा, बोटलको पानीलगायतका म्याद नाघेका सामग्री फेला परेको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने, बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा तत्काल रु पाँच हजारदेखि रु तीन लाख जरिवाना गर्नसक्ने व्यवस्था छ भने तीन महिनादेखि एक वर्षसम्म कैद जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com