ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सफा पानी बगेपछि मात्रै मेलम्चीको पुनर्निर्माण


एबीसी / संवाददाता
भाद्र २१, २०७८ सोमबार  ७ : ५५ बजे

काठमाडौँ  । मेलम्चीमा सफा पानी बग्न थालेपछि आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने भएको छ । मेलम्चीको पानी सफा हुन अझै एक/दुई महिना लाग्ने अनुमान छ । हाल मेलम्चीमा लेदो पानी नै बगिरहेको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको बताउनुभयो । आयोजनाले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारेको छ ।

सो कार्ययोजना खानेपानी मन्त्रालयमा बुझाइसकिएको छ । पन्तले बाढीपहिरोले क्षतिग्रस्त बनेको आयोजनाबाट सरकारका सबै निकायको सहयोग प्राप्त भएमा चैतसम्म अस्थायी रूपमा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारिएको खानेपानी मन्त्रालयमा बुझाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काम अगाडि बढाउन

सहकार्य हुन सक्ने निकायहरू तथा आवश्यक बजेटलगायतको विषयमा कार्ययोजनामा स्पष्ट व्यवस्था गरिएको छ । सो कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएको अवस्थामा आयोजनाको काम सुरु गर्न सजिलो हुन्थ्यो ।” सो आयोजनाको पुनः सञ्चालनमा ल्याउन करिब दुई अर्ब रुपियाँभन्दा बढी खर्च हुन सक्ने आयोजनामा अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “बाढीपहिरोले अनुमानभन्दा बढी क्षति पु(याएको छ । पानी वितरण कार्य पुनः सञ्चालनमा ल्याउन आयोजनाले एक्लै काम गरेर साध्य हुँदैन । यसमा नेपाली सेना, सडक विभागलगायत सम्बन्धित सबै निकायको सहयोग त्यत्तिकै आवश्यक छ । आयोजनाका मुख्य काम बाँडेर गर्ने गरी कार्ययोजना बनाएका छौँ ।” बाढीपहिरोले आयोजनामा पुयाएको क्षतिलाई समेटेर कार्ययोजना तयार पारिएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com