ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिने पूर्वमन्त्री बाँस्कोटाको घोषणा


एबीसी / संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी सुरु भएका बेला पूर्वमन्त्री एवं पार्टी नेता दीपकप्रकाश बाँस्कोटाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्नुभएको छ । लामो समयदेखि पार्टीको महासमिति सदस्यका रूपमा क्रियाशील पूर्वगृह राज्यमन्त्री बाँस्कोटाले आज विज्ञप्ति जारी गरी सक्रिय राजनीतिबाट विश्राम लिएर वैचारिक राजनीति र समाजसेवामा सक्रिय हुने घोषणा गर्नुभएको हो । “साउन ११ गतेदेखि ७३ वर्ष पूरा भएर ७४ वर्ष प्रवेश गरेँ, ५२ वर्षको राजनीतिक जीवनबाट विश्राम लिँदैछु, विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरेँ, २०६४ सालदेखि सामान्य क्रियाशील थिएँ”, विज्ञप्तिमा नेता बाँस्कोटाले उल्लेख गर्नुभएको छ ।विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्रीका रूपमा काम गर्नुभएको थियो । पार्टीको १४औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा क्रियाशील नभई लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई पृष्ठपोषण गर्न वैचारिकरूपमा काम गरी पुस्तान्तरण गर्ने निर्णय आज श्रीकृष्ण जन्माष्टमीका दिन गरेको उहाँले बताउनुभयो ।

“पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी हुन्नँ, बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूर्ण जीवन अर्पण गर्छु”, पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो ।वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, सङ्घ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उहाँको योजना छ । यसका लागि नेपाल सरकार, राजनीतिक दल, विश्व हिन्दू महासङ्घलगायत सामाजिक संस्था, विश्व ॐ कार एकता महाअभियान जस्ता अभियानसँग विनाशर्त सहकार्य गर्ने घोषणा पनि नेता बाँस्कोटाले गर्नुभएको छ । राज्यका सबै कामकाजलाई वैदिकीकरण गर्न र समाजलाई वैदिक जीवनशैलीअनुसार चलायमान गराउन वैदिक संसद् गठन गर्ने एवं सङ्घीय तथा प्रादेशिक संसद्लाई पृष्ठपोषण गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशनमार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २४ वर्षदेखि लाग्नुभएका बाँस्कोटाले यस अभियानका विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षा ९चेतनामा आधारित शिक्षा०, वैदिक कृषि ९विषादी एवं रासायनिक पदार्थरहित शुद्ध जैविक उत्पादन०, वैदिक स्वास्थ्य ९आयुर्वेद एवं प्राकृतिक चिकित्साको ज्ञान र प्रविधि०, वैदिक निर्माण ९वास्तुसम्मत घर, कार्यालय, विद्यालय, महाविद्यालयको निर्माण०, वैदिक सञ्चारलगायत १२ क्षेत्रको वैज्ञानिक अध्ययन र अनुसन्धानबाट पुष्टि गरिएको प्रविधिलाई पार्टीको घोषणापत्रमा समावेश गरी राज्यव्यवस्थाको कार्यक्रममा समावेश गराउन लागि पर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com