ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको प्रतिगामी भ्रमबाट मुक्त हुन अध्यक्ष नेपालको आग्रह


एबीसी / संवाददाता
भाद्र १०, २०७८ बिहीबार   ३ : ५७   बजे

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि पहिलोपटक बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाउनुभयो ।

ओली दक्षिणपन्थी भासमा फसिसकेको, सरकार संचालनमा असफल भइसकेको, एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएको भन्दै नेपालले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नया क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्नुभयो । हजारौं कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नया पार्टी खोल्न ढिलाइ गरेका नेता नेपालको स्पष्टीकरण थियो । हजारौं हजार कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो भन्दै नेपालले संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका कार्यकर्ताको भविष्यको चिन्ता गर्ने भएकाले आफूहरुले तत्कालै नया पार्टी नखोलेको दावी गर्नुभयो । पछिल्लो समय त्यसको सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नया दल खोलेको उहाको भनाइ छ ।

अहिले परिस्थितिमा परिवर्तन भएको र आफूहरुका लागि मात्रै नभएर अरुका लागि पनि आवश्यक परेकाले नया दल खोल्न संवैधानिक अनुकूलता प्राप्त भएको उहाको भनाइ थियो । नेपालले आफ्नो साथ छोडेका साथीहरूले पहिले नै हतारिएर नया पार्टी दर्ता गरेको पनि खुलासा पनि गर्नुभयो । हाम्रो साथ छोडेका साथीहरुले निर्वाचन आयोगमा दर्ता गरेको पार्टी अहिले पनि आयोगमा जिउदै छ चन्दै नेपालले साथ नदिएकामा आफ्नै समूहका नेताहरूप्रति खासै गुनासो नभएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group