ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२२ वर्ष पछि जब श्रीमान भिख माग्न जोगीको भेषमाआइपुगे


एबीसी / संवाददाता

काठमान्डौ ३० साउन

। संसारमा कहिले काँही निकै आश्चर्यजनक घटना हुने गर्छन । जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला एक महिलाको जीवनमा यस्तै भएको छ । घटना भारत झारखंडको हो ।

२२ वर्ष अघि पतिको निधन भयो भनेर विधवा जीवन विताएकी महिलाको अगाडी अचानक श्रीमान जिवीत भएर आए । २२ वर्ष पहिले पति निधन भएको मानेर एकल जीवन विताइरहेकी श्रीमती त्यतीबेला दंग परिन् जब उनका श्रीमान सारंगी बजाउँदै जोगीको भेषमा आइपुगे ।

गढ़वा जिल्ला कांडी प्रान्तको सेमौरा गांव निवासी उदय २२ वर्ष पहिले आफ्नो पैतृक घर छोडेर गए। परिवारका सदस्यले उनलाई धेरै ठाउँमा खोजी गरे । तर उनको कतै पत्तो लावगेन । धेरै वर्ष पछि परिवारका सदस्यलाई लाग्यो की उनी अब यो संसारमै छैनन् । त्यसपछि उनीहरुले उदयको अन्तिम संस्कार गरे । श्रीमती पनि विधवा बनेर बसिन् ।

छोराछोरीलाई पनि आमाले नै वुवाको जिम्मेवारी पनि निभाउन लागिन् । तर २२ वर्ष पछि उदय जोगीको भेषमा सारंगी बजाउँदै आफ्नै घरमा भिक्षा माग्न आइपुगे । उनले बाबा गोरखनाथको भजन गाउँदै श्रीमतीसंग भिक्षा मागे ।

जोगीको भेषमा आएका उदयलाई देखेपछि उनकी श्रीमतीले उनलाई चिनिन् , र हराएको श्रीमान फेला परेकोमा खुसीले रुन लागिन् । श्रीमानलाई जोगीमो भेष छोडेर घरमा बस्न आग्रह गरिन् । तर उदय साओले बारम्बार आफ्नो पहिचान लुकाए। त्यस समयमा घर र गाउँका धेरै सदस्यहरु त्यहाँ पुगे र सबैले उदयलाई पनि चिने।

अन्त्यमा, उदयले आफ्नो वास्तविक पहिचान बताए र श्रीमतीसंग भिख मागे । उनले भने कि जब सम्म मैले मेरो श्रीमतीको हातवाट भिख पाउँदिन मलाई धार्मीक रुपले मुक्ति मिल्दैन । त्यसैले तिमी मलाई भिख दिएर आफ्नो कर्तब्य पुरा गरिदेउ । जोगी को भेष मा बर्षौ पछि, उदय सौ घर आएको जानकारी पाएर धेरै गाउँहरु बाट मानिसहरुको भीड जम्मा भयो।

सबैको चाहना थियो कि जोगीको भेषमा आएका उदय अब आफ्नो परिवार संगै बस्नु पर्छ। तर उनले परिवार संग घरमा बस्न अस्वीकार गरे। गाउँबाट बाहिर आएपछि पनि उनले डिग्री कलेजको भवनमा शरण लिएका छन्।

यसै बीच, गाउँका मानिसहरूले बाबा गोरखनाथको धाममा यज्ञ र भण्डारा आयोजना गर्न खाद्यान्न र पैसा संकलन गर्न थालेका छन्। समाचार लेख्दासम्म उनी आफ्नी श्रीमतीबाट भिक्षा नपाएको हुनाले त्यही गाउँको वरपरका क्षेत्रमा घुमिरहेछन्।एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ट्रम्प र पुटिनले युद्धपछिको व्यवस्था भत्काउँदा युरोपले कसरी जवाफ दिनुपर्छ ? : इकोनोमिष्ट

दुई साताभित्र चन्द्रमामा फोर–जी विस्तार गर्दै नोकिया

कसरी शीत युद्धले भारतको गुप्तचर प्रणाली बनायो भन्ने सनसनीखोज नयाँ पुस्तक

बुढ्यौलीलाई नियन्त्रण गर्न सकिने वैज्ञानिक अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com