ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ


एबीसी / संवाददाता
श्रावण १८, २०७८ सोमबार  ७ : ०८ बजे

राजविराज । मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट मस्तक चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी मुकुट चोरी गरेको आरोपमा पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौउका लक्ष्मण मण्डलका २३ वर्षीय छोरा राजेशकुमार मण्डललाई सार्वजनिक गरेको हो । पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार गाउँमा एक जनाले भगवतीको मुकुट लिएर हिँडिरहेको भनी प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी टोली पारिचाल गरी छिन्नमस्ता भगवतीको मुकुटसहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका मण्डलका साथबाट चाँदीको जस्तो देखिने धातुमा देवीको अनुहार अङ्कित मुकुट र मुकुटमा अङ्कित देवीको नाकमा सुनको जस्तो देखिने धातुको नथिया र निधारमा सुनकै जस्तो देखिने टीकासमेत करिब ५०८ ग्राम तौल रहेको जनाइएको छ । मुकुट चोरी गर्ने मण्डललाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो ।

सप्तरी सदरमुकाम राजविराजदेखि करिब १३ किलोमिटर दक्षिण भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा अवस्थित छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको चाँदीको मुकुट ९मस्तक० आइतबार साँझ चोरी भएको थियो ।

मुकुट चोरी भएको घटनालगत्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक धमला र सशस्त्र प्रहरीका प्रमुखलगायतका टोली परिचालन गरी मुकुट खोज्नका लागि भारतीय सीमा नाकासमेत सिल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com