ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाएको इराकी प्रधानमन्त्रीको भनाइ


एबीसी / संवाददाता
श्रावण १५, २०७८ शुक्रबार   ६ : ०६   बजे

बगदाद । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले उहाँले हालै गरेको अमेरिका भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाउन सघाएको जानकारी दिनुभएको छ ।

उहाँले आफूले हालै गरेको सो भ्रमणबाट इराक र अमेरिकाबीचको सम्बन्धलाई थप स्थायी बनाएको बताउनुभएको हो ।अमेरिकाको भ्रमणको एक दिनपछि उहाँको यो प्रतिक्रिया आएको छ । उहाँले अमेरिकाको भ्रमण सकेर स्वदेश फर्किएपछि यो कुरा बताउनु भएको उहाँका सञ्चार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।उहाँले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेन र अरू अमेरिकी उच्च अधिकारीहरुसँग भेट गर्नुभएको थियो । उहाँले राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा द्विपक्षीय वार्ता गर्नुभएको थियो ।

आफूले गरेको अमेरिका भ्रमणका क्रममा सुरक्षा, अर्थ, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा द्विपक्षीय सहयोग र समझदारी गर्ने विषयमा सहमति भएको र यी क्षेत्रमा इराकका लागि ठूलो सहायता मिलेको जानकारी दिनुभएको हो ।प्रधानमन्त्री कादिमीले आफ्नो भ्रमणका क्रममा नै अमेरिकालाई इराकबाट सेना फिर्ता गर्न भन्नुभएको र अमेरिकाले यसै वर्षको अन्तिमसम्ममा अमेरिकाले आफ्ना सबै सेना फिर्ता गर्न सहमत भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

कादिमीसँग भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई इराकबाट फिर्ता बोलाउने बताउनुभएको छ ।उहाँले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालीम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिनुभएको छ ।इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतङ्ककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेका छन् ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ ।इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताउनु भएको थियो । उहाँले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भन्नुभएको छ, हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालीमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ग्रिन कार्ड नीतिमा ट्रम्प प्रशासनको नरम रूप: ठूला व्यवसायीको लबिङले काम गर्‍यो

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

दक्षिण कोरियाको स्थानीय निर्वाचनमा सत्तारुढ दलको शानदार जित

अमेरिका र इरानबीच गाडिएका आणविक सामग्री उत्खनन गरी नष्ट गर्ने सहमतिः राष्ट्रपति ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group