ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा १ अर्ब बढी नागरिकलाई खोप लगाइयो, केवल ६ महिनाबाहेक बढी चीनमा लकडाउन भएन


एबीसी / संवाददाता
असार ६, २०७८ आईतबार  ३ : २१ बजे

काठमाडौं (एजेन्सी) । चीनमा कोरोनाभाइरसविरूद्ध १ अर्बभन्दा बढी नागरिकलाई खोप लगाइएको छ।

चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो।

१ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो।

संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज कोरोना खोप लगाइएको छ। त्यसमध्ये चीनमा मात्रै ४० प्रतिशत डोज खोप लगाइएको छ।

सुरूमा चिनियाँहरूले खोप लगाउन आनाकानी गरे पनि पछिल्लो समय दैनिक २ करोड जनासम्मलाई खोप दिइएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

१ अर्ब डोजमध्ये अहिलेसम्म कति जनाले दुबै डोज लिएका छन् भन्ने खुलिसकेको छैन। चीनले आफ्नै देशमा उत्पादित खोप लगाइरहेको छ। चिनियाँ कम्पनीले उत्पादन गरेका खोप दुई डोज लगाउनु पर्ने खालका छन्।

चीनले यो वर्षको अन्त्यसम्म ७० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको सार्वजनिक गरेको छ । तर चिनिया विश्वस्त सूत्रका अनुसार चीनले आफ्ना सबै ३ वर्ष माथि नागरिकलाई खोप लगाइसकेको छ ।
विश्व पुरै बन्दावन्दीको अवस्थामा हुंदा चीन खुला र कोरोना भाइरस मुक्त देश बनेको छ । गत आर्थिका वर्षमा विश्वभर नेगेटिभ आर्थिक बृद्धिको ग्राफ देखिंदा चीनमा अभूतपूर्व रुपले १८ प्रतिशत भन्दा बढीको आर्थिका बृद्धि भएको थियो ।
हाल चीनले विश्वभर खोप सहायता र विक्रि गर्ने अग्रणी देश बनेको छ । त्यसोत विश्वभरको आधाभन्दा बढी हिस्था स्वास्थय सामग्री निर्यात गर्ने देश पनि चीन नै भएको छ ।
कारोना भाइरस संक्रमणको पहिलो ६ महिनाबाहेक चीन पूर्ण रुपमा खुला छ । विश्वभर कोरोना भाइरसको दोस्रो लहर चल्दा पनि चीनमा कुनै असर परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com