ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम गर्नको लागि नागरिकता चाहिने : नपाए पछि निरास


एबीसी / संवाददाता



काठमाडौँ, २६ जेठ:
धनुषाका इन्द्रजीत साफीले साहुसँग रु पाँच लाख ऋण लिएर इन्जिनीयरिङ अध्ययन गर्नुभयो । अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही समयमा उहाँसँग नागरिकता माग गरियो । नागरिकता पेश गर्न नसकेपछि साफीले पाउनुभएको रोजगारीबाट हात धुनुप¥यो । अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएपछि उहाँको परिवार चिन्तामा डुबेको छ ।

“साहुको ऋण बढेर रु १५ लाख भएको छ, रातदिन पैसा माग्न आउँछन्, नागरिकता नभएकै कारण मैले पाएको निजीस्तरको जागिरसमेत गुमाउनुप¥यो, अब मैले कसरी ऋण तिर्ने रु, साहुको सधैँको किचकिचले निराश बनायो”, नागरिकताको प्रमाणपत्र नपाउँदाको पीडा सुनाउँदै उहाँले भन्नुभयो । 

साफीका चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन् । बहिनीले स्नातक अध्ययन गर्दैछिन् । कसैसँग पनि नागरिकता नभएकाले कसैले पनि सामान्य रोजगारीसमेत पाउन सकेका छैनन् । नागरिकता नपाएकैले परिवारका सबै सदस्य मानसिक तनावमा रहेको साफीको भनाइ छ । 

नागरिकता नभएका कारण यस्तो समस्या भोग्ने साफी एक्ला व्यक्ति भने होइनन् । गोदावरी नगरपालिका–१३ झरुवारासी, ललितपुरका रुपक पहारीको भोगाइ पनि उस्तै छ । पहारी सानै हुँदा बाबुले आमालाई छोडेर हिँडे । आमासँग मामाघर बस्दै आउनुभएका पहारी हाल कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । बाबुको नागरिकता नभएका कारण उहाँको अहिलेसम्म जन्म दर्ता प्रमाणपत्रसमेत बन्न सकेको छैन । 

कसरी नागरिकताको प्रमाणपत्र लिने भन्ने चिन्ताले पहारीलाई सताएको छ । उच्च अदालत नेपालगञ्जले नागरिकताको प्रमाणपत्र दिनू भनी आदेश गर्दा पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएपछि एक स्थानीयवासीले गत वर्ष आत्महत्या गरेको खबर सार्वजनिक भएको थियो । 

घोराही उपमहानगरपालिका–१८ दाङका मोहम्मद फारुकीलाई पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले रजिष्ट्रेशन दर्ता गर्न नै नागरिकता माग ग¥यो । बाबुको जन्मसिद्ध र आमाको अङ्गीकृत नागरिकता भए पनि उहाँले नागरिकता पाउन सक्नुभएको छैन ।

क्रिकेट खेलमा विशेष रुचि राख्ने फारुकीले १६ वर्षमुनिको क्रिकेट प्रतियोगितामा भाग लिन पनि नागरिकताको प्रमाण पत्रले रोक्यो । बाबुले सामान्य व्यापार व्यवसाय गरेर परिवारको जीविकोपार्जन भइरहेको छ । परिवारको जेठो छोरा भएकाले तत्काल रोजगारी खोज्नुपर्ने उहाँको बाध्यता छ । नागरिकता नहुँदा आफू निकै निराश र तनावमा रहेको उहाँले सुनाउनुभयो । 

संविधानभन्दा ऐन र ऐनभन्दा नियमावली सङ्कुचित नागरिकताका विषयमा संविधानभन्दा ऐन र ऐनभन्दा नियमावली सङ्कुचित बनेकाले समस्या समाधानमा अप्ठ्यारो हुने नागरिकताको प्रमाणपत्र पाउन नसकेका एवं सरोकार भएका अधिकारीको बुझाइ छ । 

महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा यही जेठ १७ गते संशोधन भई जेठ २४ गतेको नेपाल राजपत्रमा सार्वजनिक नेपाल नागरिकता ९दोस्रो० संशोधन नियमावली, २०७८ मा नागरिकता नपाएकाले जन्मदर्ता प्रमाणपत्र ल्याउनुपर्ने प्रावधान राखिएको छ । अभिभावकको नागरिकता नहुनेका बालबालिकाको जन्मदर्तासमेत नहुने गरेकाले यो प्रावधान समस्या पार्ने मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताउनुभयो । 

संशोधित नियमावली दुई दिन राजपत्रमा प्रकाशित भएकामा अझै जिल्ला प्रशासन कार्यालयमा परिपत्र नभएकाले यसअघि सरकारले जारी गरेको नागरिकता ९पहिलो संशोधन० अध्यादेश २०७८ समेत कार्यान्वयनमा चुनौती आएको उहाँले सुनाउनुभयो । नागरिकतासम्बन्धी कानूनी व्यवस्थाका कारण लाखौँ नेपाली नागरिकले अझै नागरिकताको प्रमाणपत्र पाउन नसकेकाले वास्तविक तथ्याङ्क लिन यसै वर्ष गर्न लागिएको जनणनामा नागरिकता छ वा छैन रु भनी प्रश्नावली थप गर्नुपर्ने माग मञ्चले राख्दै आएको छ । 

नागरिकताको प्रमाणपत्र दिने कानून स्पष्ट, पारदर्शी एवं कसैलाई दिन नसकिने हो भने जवाफदेही हुनुपर्ने अधिवक्तासमेत रहनुभएका कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । नागरिकताको प्रमाणपत्र वितरणका सवालमा प्रमुख जिल्ला अधिकारीलाई धेरै स्वविवेकीय अधिकार दिइएकाले पनि सबैतिर समानरुपमा काम हुन नसकेको सरोकार भएका निकायका अधिकारी भनाइ छ । 

अन्तरिम संविधान २०६३ अनुसार २०४६ चैत मसान्तसम्ममा नेपालमा जन्मिएकालाई जन्मसिद्ध नागरिकताको प्रमाण दिइएको छ । दुई वर्ष अवधि राखेर एक लाख ९० हजार ७२६ लाई जन्मसिद्ध नागरिकताको प्रमाण पत्र वितरण गरिएको हो । यसरी नागरिकता लिएकाका सन्ततिलाई नेपालको संविधानको धारा ११ ९३० ले वंशजका आधारमा नागरिकता दिने भनिए पनि दाङका फारुकीले अझै पाउन नसकेको मञ्चले जनाएको छ ।

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com