ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो चिनियाँ खोप सिनोफर्माले पायो डब्लुएचओको स्वीकृति


एबीसी / संवाददाता

काठमाडौं १९ जेठ(एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सिनोभाकलाई आकस्मिक प्रयोगका लागि स्वीकृत गरेको छ ।

डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो । यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।

डब्लुएचओले स्वीकृति प्रदान गरेसँगै यी चिनियाँ खोपहरु सबैलाई खोपको समान पहुँचका लागि सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत प्रयोग गर्नका लागि बाटो खुला भएको छ ।

डब्लुएचओले प्रमाणिकरण गर्नु पूर्व नै सिनोभाक विश्वका विभिन्न देशमा प्रयोग हुँदै आएको छ । डब्लुएचओले १८ वर्ष माथिकालाई यो खोप लगाउन मिल्ने बताएको हो । पहिलो मात्रा लगाएको दुईदेखि चार हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्ने डब्लुएचओको जनाएको छ ।

सुरक्षा, प्रभावकारिता तथा उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड सिनोभाकले पूरा गरेको डब्लुएचओले बताएको छ ।

सिनोभाक खोप लगाएका मध्ये आधा लक्षणयुक्त संक्रमणबाट जोगिन सक्ने तथा शतप्रतिशतलाई संक्रमण भए पनि गम्भीर अवस्था आएर अस्पताल भर्ना हुने अवस्था नआउने अध्ययनले देखाएको छ ।

यसअघि भारतको सेरम इन्स्टिच्यूडले उत्पादन गर्ने अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभ्याक्समा प्रयोग गर्ने भनिएको थियो । तर भारत आफै खोपको अभावमा जुधिरहेकाले कोभ्याक्स प्रभावित भएको छ ।
चीनको यो खोपले विश्व स्वास्थय संगठनबाट अनुमति पाए संगै कोभ्याक्स अन्तर्गतको खोप अभियान अरु बढी सहज हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com