ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादित न्यायाधीश अलग नभएपछि भट्टराई र कार्कीको संवैधानिक इजालाशमा नवस्ने घोषणा


एबीसी / संवाददाता
जेष्ठ १८, २०७८ मंगलबार   २ : ०५   बजे

काठमाडौं १ जेठ । संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश आनन्दमोहन भट्टराई र दीपक कार्कीले इजलासमा नबस्ने घोषणा गरेका छन् ।

इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीप्रति लगातार प्रश्न उठे पनि इजलासमा कायम रहने ढिपी नछाडेपछि दुई न्यायाधीश भट्टराई र कार्कीले ले इजलास छोड्ने निर्णय गरेका हुन्।दुवै न्यायधिश केसी र श्रेष्ठभन्दा बरिष्ठ हुन् ।
मंगलबारको इजलासमा आफूहरूको निर्णय सुनाउँदै न्यायाधीश कार्कीले अरू दुई न्यायाधीशको कार्यक्षमतामाथि आफूहरूको कुनै शंका नरहेको भए पनि प्रश्न उठेपछि इजलासमा सँगै बस्न नसकिने जानकारी दिएका थिए ।
आफू इजलासमा बस्नेरनबस्नेबारे निर्णय गर्ने उहाँहरूलाई अधिकार छ त्यसमा हाम्रो भन्नु केही छैन। अहिले इजलासले शिघ्र निर्णय गर्ने कि निष्पक्ष र कानुन र न्यायको आधारमा सुनुवाइ गर्ने भन्ने विषय छ,’ आफूहरूको लिखित निर्णय सुनाउँदै न्यायाधीश कार्कीले भने,‘न्यायाधीश निष्पक्ष रहनुपर्छ। आग्रहरपुर्वाग्रहबाट टाढा हुनुपर्छ। फैसला गरेरमात्र हुन्न, न्याय गरेको देखिनुपर्छ। परिणाममात्र होइन प्रक्रिया पनि स्वच्छ हुनुपर्छ।’
यसो गरेमात्र न्यायालयप्रति जनआस्था बढ्ने दुई जना न्यायाधीशको ठहर छ।
निष्पक्ष निरूपण गर्न नसक्ने भए न्यायाधीश अलग रहनु पर्छ। निष्पक्ष नभएको आशंका भएमात्रै अलग्गिनु पर्ने आचार संहिताले पनि भनेको छ,’ कार्कीले भने,‘यो न्यायाधीश आफैंले हेक्का राख्ने कुरा हो। प्रश्न उठेपछि उहाँहरू संवैधानिक इजलासबाट अलग भए हुन्थ्यो भन्ने हाम्रो भनाइ हो। उहाँहरूको निष्ठा,क्षमतामा प्रश्न गरेको होइन।’
दुई न्यायाधीशले इजलास छोडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अर्को इजलास गठन गर्नु पर्ने भएको छ ।
अर्को इजालस जेठ २३ गते बस्ने प्रन्या राणाले जानकारी दिए।
यस अघि बारका प्रतिनिधिहरुसंग प्रन्या राणाले बरिष्ठताका आधारमा इजलाश गठन गर्ने बताइसकेका छन् ।

केसी र श्रेष्ठको बारेमा प्रतिनिधिसभाका विघटन विरुद्धको मुद्धामा मुद्धाको पक्षका वकिलहरुले उनीहरु इजलाशमा बस्न नहुने प्रश्न उठाएका थिए । पाँच न्यायाधीशहरूबीच रिट निवेदकहरूले उठाएको विषयमा छलफल भएको थियो। इजलासका दुई न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले दुई न्यायाधीशहरू इजलासबाट हट्नु राम्रो हुने सुझाव दिए पनि उनीहरुले सुझाव लिन तयार भएनन् ।

सोमबार दिउँसो प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र श्रेष्ठबाहेक संवैधानिक इजलासको रोष्टरमा भएका १० न्यायाधीश बसेर छलफल गरे। श्रेष्ठ र केसी इजलासमा कायम रहिरहे अरू न्यायाधीशहरू कायम इजालसमा नबस्नेसम्मको छलफल भएको थियो। इजालाशमा बस्ने र नवस्ने विवादले प्रधानन्यायाधीश राणा निकै दवावमा परेका थिए ।
अब सर्वोच्च बारले दिएको सुझवा र प्रन्या राणाको प्रतिवद्धता अनुसार संवैधानिक इजलाश बरिष्ठताका आधारमा गठन गुर्नको कुनै विकल्प नभएको सर्वोच्च स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group