ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा किसानलाई म्याद सकिएको बीउ बिक्री


एबीसी / संवाददाता
जेष्ठ १५, २०७८ शनिबार   १२ : ३१   बजे
 बाँके १५ जेठ
 बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् ।
ग्रामीण क्षेत्रबाट बीउबिजन खरीद गर्न आउने किसानलाई म्याद नाघेको बीउबिजन बिक्री गर्ने गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेती लगाउने समयमा व्यापारीले किसानलाई ठग्ने गरेको गुनासो आउन थालेपछि बजार अनुगमनका क्रममा म्याद नाघेको बीउबिजन बिक्री गरेको पाइएको हो । शुक्रबार मात्रै संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रका विभिन्न कृषि बीउबिजन तथा औषधि पसलको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुई पसललाई रु २५ हजार जरिवाना गरिएको छ । किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब रु १७ हजारभन्दा बढी मूल्य बराबरको विभिन्न खाद्यान्न एवं तरकारीको बीउबिजन पनि नष्ट गरिएको छ ।
यसअघि पनि बाँकेस्थित संयुक्त बजार अनुगमन टोलीले बिहीबार नेपालगञ्जका विभिन्न कृषि बीउबिजन तथा औषधि पसलको अनुगमन गरी किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब रु ४४ हजारभन्दा बढी मूल्य बराबरको खाद्यान्न एवं तरकारीको बीउ नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी चौलागार्इंले बताउनुभयो ।
उत्पादन मिति नहेर्ने र सोधीखोजी नगर्ने किसानलाई सजिलैसँग व्यापारीले म्याद नाघेको बीउबिजन बिक्री वितरण गर्ने गरेको पाइएको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतमले बताउनुभयो । उहाँले स्थानीय तहले बजार अनुगमन नगर्ने र किसानलाई समयमै आवश्यक बीउबिजन वितरण नगर्दा किसान म्याद नाघेको बीउबिजन किन्न बाध्य हुने गरेको बताउनुभयो  ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group