ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं-तराई फास्ट ट्रयाक निर्माणमा ढिलाइ भएको गुनासो : संसदीय समितिहरुको संयुक्त अनुगमन (भिडियोसहित)


सपना थामी
बैशाख ६, २०७८ सोमबार  १० : २७ बजे

काठमाडौं, ६ बैशाख ।   प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौ–तराई जोड्ने फास्ट ट्रयाक् (दु्रत मार्ग)को संयुक्त अनुगमन गरेको छ । स्थलगत अध्ययन गर्न पुगेका समिति सदस्यहरुबीच आयोजना समयमै सम्पन्न हुनेमा दुईमत देखिएको छ । विकास तथा प्रविधि समितिका सदस्यहरुले चुनौतिपुर्ण र ठूला कामहरु बाकी नै रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे भने अर्थ समितिका सदस्यहरुले समयमै आयोजना सम्पन्न हुनेमा ढुक्क रहन आग्रह नै गरेका छन् ।

नेपाली सेनाले निर्माण गरिरहेको काठमाण्डौ तराई दु्रत मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढीरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका छन् । संसदको विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको उजुरी नै परेको थियो । संसदीय अनुगमनमा पुग्नु भएका सांसदहरुले विकास निर्माणका ठूला आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्ने रोग काठमाण्डौ तराई दु्रत मार्गको निर्माण प्रक्रियामा पनि देखिएको टिप्पणी गरेका छन् । अनुगमनमा गएका समिती सदस्यहरुबीच भने दुईमत देखिएको छ । विकास तथा प्रविधि समितिका सदस्यहरुले चुनौतिपुर्ण र ठूला कामहरु बा“की नै रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन् । विकास समिति अन्र्तगत गठित दु्रतमार्ग अध्ययन उपसमितिका संयोजक गणेश कुमार पहाडीले २०८१ सालको कार्तिक मसान्त भित्र सम्पन्न गरिसक्नुपर्ने आयोजनाको अहिलेको अवस्था हेर्दा समय मै सम्पन्न हुन नसक्ने देखिएको प्रतिक्रिया दिए ।

यसैगरि, अनुगमनमा गएका अर्थ समितिका सभापति तथा समिति सदस्यहरुले भने आयोजना निर्माण समयमै सम्पन्न हुने बताए । उनीहरुले दु्रतमार्ग निर्माण प्रक्रियामा राजनैतिक खिचातानीको प्रभाव पर्न दिन नहुने धारणा व्यक्त गरे । निर्माणमा संलग्न नेपाली सेना तथा अन्य निर्माण कम्पनीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने उनीहरुको तर्क छ । अर्थ समिति सदस्य विनोद चौधरीले आयोजना निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

दु्रत मार्ग अध्ययन उपसमितिका संयोजक गणेश कुमार पहाडीका अनुसार २०८१ को कात्तिक मसान्त भित्रै सम्पन्न हुने कुरामा केही चुनौतीहरु छन् । ११ वटा प्याकेज मध्ये २ वटा प्याकेजको मात्रै ठेक्का निस्केको छ । निर्माण व्यवसायी छनौट भएर ठेक्का हाल्ने काम भएको छ तर त्यसको अन्तिम टुंगो लागेको छैन । अरु ९ वटा प्याकेजको त ठेक्का नै निस्केको छैन । जति काम भएका छन्, यसमा ठूला ठूला कामहरु खास भएका छैनन् । ८७ वटा पुलहरु निर्माण गर्नुपर्छ । नेपालमा अहिलेसम्म नबनेका ७५ मिटर अग्ला पुलहरु, पहिलोचोटी निर्माण गर्नुपर्ने ३ वटा सुरुङमार्गका कामहरु चुनौतीपूर्ण रहेको पहाडी बताउ“छन् ।

यस्तै अर्थ समितिका सदस्य विनोद चौधरीले भने हालसम्म ४४ किलोमिटर सडक बनिसकेको, ३ वटा टनेल र करिब ७ किलोमिटर लामो टनेल र बा“की भएको ११ किलोमिटर टनेलको काम अघि बढाउन कसरत भइरहेको भन्दै यी कामहरु छिोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने बताएका छन् । आर्मीको तर्फबाट पनि काम भइरहेको बताउ“दै चौधरीले विकासको काममा राजनीतिक खिचातानी नभए र तदारुकता देखाउन सक्नुपर्ने धारणा राखे ।

नेपाली सेनाले अहिले तराई क्षेत्रमा कालोपत्रे गर्न मिल्ने गरि र पहाडी क्षेत्रको सजिलो क्षेत्रमा कामहरु गरिरहेको छ । ठूला ठूला पूल र सुरुङमार्ग समेत बनाउनुपर्ने भएकाले त्यसका लागि आवश्यक पहु“चमार्ग पनि बनाईरहेको छ । प्रतिनिधिसभा अन्र्तगत अर्थ समितिका सभापति कृष्ण दाहालले दु्रतमार्ग बन्ने कुरामा सबै सकारात्मक भएर भूमिका खेल्न सके समयमा नै आयोजना पुरा हुने अवस्था रहेको प्रतिक्रिया दिएका छन् ।

दु्रतमार्गको अहिलेसम्म १९ प्रतिशत काम मात्र सम्पन्न भएको छ । कुल लम्बाई ७२ दशमलब ५ किलोमिटर दुरी रहेको दु्रतमार्गमा कुल १ खर्ब ७५ अर्ब खर्च हुने अनुमान गरिएको छ । दु्रतमार्गमा ६ दशमलब ४१ किलोमिटर हुने ३ वटा सुरुङ मार्ग, १० दशमलब ५९ किलोमिटर हुने ८७ वटा पुल निर्माण गर्नुपर्ने छ । अहिले माटो काटेर पुर्ने सडकको काम लगभग सकिने अवस्थामा छ । यसरी माटो काटेर पुर्ने सडकको कुल लम्बाई ५५ दशमलब ५ किलोमिटर छ । दु्रतमार्गको बा“की काम पनि द्रुत गतिमा नै गर्न सके मात्र २०८१ को कात्तिक मसान्त सम्म आयोजनाको काम सम्पन्न हुन संभव देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com