ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुमत पुर्याउने कसरतमा सत्तारुढ दल


admin

prachanda-deuba

काठमाडौं २५ असार ।
कांग्रेस र माओवादीले प्रचण्ड नेतृत्वमा सरकार गठन गर्ने बेलामा तत्कालिन आन्दोलनरत मधेसी मोर्चाको साथ लिएका थिए । मधेसी मोर्चासग संविधान संशोधन सहित तीन बुदे सहमति गर्दै सरकार गठन गरिएपछि संविधान संशोधन सरकारको प्राथामिकतामा पर्यो ।

प्रचण्ड नेतृत्वको सरकारले मधेसी मोर्चास“गको सहमति अनुरुप दुई पटक संविधान संशोधनको प्रयास ग¥यो । तर, आवश्यक संख्याकै अभावमा संविधान संशोधन हुन सकेन । संविधान संशोधन गर्ने प्रयास चलिरहेकै बेला पहिलो चराण्को स्थानीय तहको निर्वाचन सम्पन्न भयो ।

prachanda-deuba

पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै प्रचण्डले शेरबहादुर देउवालाई पूर्व सहमति अनुसार सत्ता हस्तान्तर गरे । देउवाको नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि पुनः संविधान संशोधनको मुद्धाले प्राथामिकता पाएको छ ।

प्रचण्ड नेतृत्वमा सरकार गठन गर्दा मधेसी मोर्चा र कांग्रेस–माओवादीबीच भएको तीन बुदे सहमति पछि संविधान संशोधनको बिषय सरकारको प्राथामिकतामा पर्यो ।

प्रधानमन्त्री भएपछि प्रचण्डले मधेसी मोर्चाको माग सम्बोधन गर्न दुई पटक संविधान संशोधनको प्रयास गरे । तर, संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मत अर्थात ३९६ संख्या पुग्न नसकेका कारण संविधान संशोधन हुन सकेन । त्यसपछि सत्तारुढ दलले संविधान संशोधनको प्रयास थाती राख्यो ।

संविधान संशोधनको प्रयास चलिरहेकै बेला स्थानीय तहको निर्वाचन गर्ने मधेसी बाहेकका दलहरुबीच सहमति जुट्यो । सहमति अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्ने बेलामा पनि कांग्रेस–माओवादी र मधेसी दलबीच पुरानै सहमतिको पुर्नताजकि भयो ।

त्यसैले पुरानै सहमतिको निरन्तरता स्वरुप सत्तारुढ दलले संविधान संशोधनको प्रयास थालेका छन् । सनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बालुवाटारमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच छलफल भएको थियो ।

छलफलले आइतबार पनि निरन्तरता पायो । बालुवाटार बैठकमा संविधान संशोधन प्रस्तावलाई टुङ्गो लगाउ“दै तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भयो । प्रचण्ड नेतृत्व सरकारको पालमा संविधान संशोधनका लागि गरिएको प्रयास राप्रपाका कारण असफल भएको थियो ।

त्यसैले, सनिबारको बैठकमा कांग्रेस–माओवादीले राप्रपासग संविधान संशोधनबारे आधिकारीक धारणा मागेका थिए । सनिबारको छलफलपछि राप्रपा नेताले संशोधनका विषयमा आफुहरु सकारात्मक रहेको प्रतिकृया दिएका दिए ।
राप्रपास“ग छलफल गर्नु अघि सत्तारुढ दलले राजपास“ग पनि छलफल गरेको थियो । कांग्रेस, माओवादी र राजपाबीचको छलफलमा संविधान संशोधनको विधेयकलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री स्वयः त संशोधनमा दुई तिहाइ बहुमत पु¥यान लाग्ने नै भए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत उतिकै मात्रामा संशोधनका लागि आवश्यक संख्या जुटाउन लागिपरेका छन् । सत्तारुढ दलको पछिल्लो तयारी हेर्दा यस पटक बहुमतिय आधारमा संशोधन पारित गर्न अधिक प्रयास हुने छ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता बालकुष्ण खा“ड यस पटक बहुमतिय प्रकृयाबाटै भए पनि संविधान संशोधन हुने दावी गर्छन् ।

सत्तारुढ दलले बहुमतिय प्रकृयाबाटै संविधान संशोधन गर्ने आट गरे पनि त्यति सहज छैन । साना दलले समर्थन गर्ने आशामा सत्तारुढ दलले बहुमतिय प्रकृयाकै बाटो रोज्नु अस्वभाविक त होइन । तर, साना दलको समर्थनमै संविधान संशोधन होला भन्न सक्ने अवस्था पनि छैन । त्यसैले सत्तारुढ दलले सकेसम्म एमालेलाई मनाएर सहमतिमै संशोधनका लागि प्रयास गर्नु उत्तम विकल्प हुनसक्छ । तर, नेकपा एमाले संशोधनमा सहमत हुन नसकेको खण्डमा संविधान संशोधनका लागि बहुमतिय प्रकृया बाहेक अरु विकल्प छैन ।

मधेस समस्या समाधान नगरी तेस्रो चरणको निर्वाचन सम्पन्न गर्न सहज छैन । त्यसैले, मधेसी दलसग गरेको प्रतिवद्धता पुरा गर्न सत्तारुढ दल लागिपरेका छन् । तर, सत्तारुढ दलको मात्र तयारीले संविधान संशोधन सम्भव छैन ।

सहमतिकै आधारमा संविधान संशोधन गर्ने हो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ आवश्यक छ । संविधान संशोधनमा एमालेलाई सहमत गराउन स्वयः मधेस केन्द्रित राजनीतिक दलले समेत एमालेलाई विश्वस्त गराउन सक्नु पर्छ । यदी एमाले सहमत हुन नसकेको खण्डमा बहुमतले संविधान संशोधन विधेयक पारित गर्ने सवालमा पनि मधेसी दलले भूमिका खेल्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com