ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री


एबीसी / संवाददाता
बैशाख १, २०७८ बुधबार  ९ : ०४ बजे

 

 

काठमाडौं १ बैशाख ।प्रधानमन्त्रीले मेलम्ची ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ निर्माणका काम पुरा गरेका छौं,’ उनले भने, ‘असाधरण महत्वका थुप्रै दूरगामी आयोजना अघि बढाएका छौं ।’

वर्तमान सरकारले कोसी, कर्णाली र कालीगण्डकी करिडोरको काम तीव्र भएको, राष्ट्रिय महत्वका सडक चौडा बनाइएको, नयाँ विमानस्थल निर्माणका साथै कतिपय विमानस्थल रातीमा पनि सञ्चालन गर्न सकिने बनाएको प्रधानमन्त्रीको दावी छ ।

प्रधानमन्त्री ओलीले प्रतिदिन साढे ५ किमी बाटो बनिरहेको, हरेक दिन १२ ओटा आवास निर्माूण भएको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असाधरण काम गरेको बताए । प्रधानमन्त्रीका अनुसार हरेक दिन एउटा झोलुंगे पुल हरेक दोस्रो दिन एउटा सडक पुल, हरेक तेश्रो दिन एउटा ग्रामीण सडक पुल निर्माण भइरहेको छ ।
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने बताए । नेकपा एमालेको पहिलो सरकारले २०५१ सालमा मासिक १०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता, आफूले बढाएर अहिले दिनको १०० रुपैयाँ पु¥याएको र अझै बढाउने बताए । अहिले ३० लाख ६० हजारले प्राप्त गर्छन् । प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ५ लाख थपिएको बताए ।

फाटो र दूरी हटाएर एकता कायम गर्ने ध्यानमा सरकार रहेको भन्दै सम्पूर्ण सामथ्र्य र शक्ति देश विकासमा केन्द्रित गर्नुपर्ने प्रधानमन्त्रीको कथन छ । प्रधानमन्त्रीले २०७७ सालमा राजनीतिक हिसाबले पृथकतावादलाई अन्त्य गर्दै राष्ट्रिय एकतातर्फ अघि बढेको भन्दै सान्तोष व्यक्त गरे । ‘यस वर्ष हिंसाको बाटो लिइरहेको एउटा समूहलाई शान्तिपूर्ण मूलधारमा फर्काउन सफल भएका छौं । राजनीतिक अभीष्ट शान्तिपूर्ण र संवैधानिक बाटोबाट प्राप्त गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने ‘जनताको अभिमत नै राजनीतिकको निर्धारक तत्व हो । यससन्दर्भमा हामीले ठूला सफलताहरू प्राप्त गरेका छौं । आगामी दिनमा अझ सफलता हासिल गर्दै जानेछौं।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com