ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिका आफ्नो हिस्सा चाहिने भन्दै एमालेको आक्रोश


एबीसी / संवाददाता
चैत्र २६, २०७७ बिहीबार  २ : १४ बजे

 

काठमाडौँ २६ चैत / सत्तारुढ नेकपा एमालेले संसदीय समितिमा पार्टीको शक्तिका आधारमा संसदीय समितिमा जिम्मेवारी दिन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले सभामुखलाई संसदीय समितिमा नेकपा एमाले र माओवादी केन्द्र फरक फरक दल रहेको स्वीकार्दै हेरफेर गर्न माग गरेका थिए ।
जब हामी संसदीय समितिमा जान्छौं, नेकपा हुन बाध्य छौं । यस्तो परिस्थिति निर्माण हुनु र नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ । प्रतिनधिसभा नियमावलीविपरीत छ । संसद्ले अब नेकपा जान्दैन, अधिकारीले भने, बारम्बार संसदीय समितिमा हेरफेर गर्न आग्रह र अनुरोध पनि गर्‍यौं । मिनी संसद्हरूमा हामी नेकपा भएर बस्न सक्दैनौं ।

आफूहरूलाई नेकपा भएर संसदीय समितिमा बस्न बाध्य पार्नु असंवैधानिक रहेको अधिकारीले बताए । हामी संवैधानिक हुन चाहन्छौं भनिरहँदा पनि पाएनौं । संवैधानिक हुन चाहन्छौं । संसदीय व्यवस्थाअनुसार हामीले समितिको प्रतिनिधित्व विगतदेखि दलको शक्तिको आधारमा हामीले अनुपातमा गर्दै आएका छौं उनले भने ।

उनले बिहीबारकै बैठकबाट आफूहरूलाई एमालेको शक्तिको आधारमा समितिमा राख्न र मुख्य सचेतक विशाल भट्टराईले दिएका नामअनुसार हेरफेर गरिदिन आग्रह गरेका थिए । उनले आफूहरूलाई नउक्साउन पनि चेतावनी दिएका थिए ।निकै आक्रोशित मुद्रामा अधिकारी पेश भएका थिए ।

सभामुख सापकोटाले संसदीय समितिमा हेरफेरका लागि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर हुने जानकारी गराएका थिए ।अर्को बैठकबाट यस सम्वन्धी निर्णय हुन सक्ने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com