ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिका आफ्नो हिस्सा चाहिने भन्दै एमालेको आक्रोश


एबीसी / संवाददाता
चैत्र २६, २०७७ बिहीबार  २ : १४ बजे

 

काठमाडौँ २६ चैत / सत्तारुढ नेकपा एमालेले संसदीय समितिमा पार्टीको शक्तिका आधारमा संसदीय समितिमा जिम्मेवारी दिन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले सभामुखलाई संसदीय समितिमा नेकपा एमाले र माओवादी केन्द्र फरक फरक दल रहेको स्वीकार्दै हेरफेर गर्न माग गरेका थिए ।
जब हामी संसदीय समितिमा जान्छौं, नेकपा हुन बाध्य छौं । यस्तो परिस्थिति निर्माण हुनु र नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ । प्रतिनधिसभा नियमावलीविपरीत छ । संसद्ले अब नेकपा जान्दैन, अधिकारीले भने, बारम्बार संसदीय समितिमा हेरफेर गर्न आग्रह र अनुरोध पनि गर्‍यौं । मिनी संसद्हरूमा हामी नेकपा भएर बस्न सक्दैनौं ।

आफूहरूलाई नेकपा भएर संसदीय समितिमा बस्न बाध्य पार्नु असंवैधानिक रहेको अधिकारीले बताए । हामी संवैधानिक हुन चाहन्छौं भनिरहँदा पनि पाएनौं । संवैधानिक हुन चाहन्छौं । संसदीय व्यवस्थाअनुसार हामीले समितिको प्रतिनिधित्व विगतदेखि दलको शक्तिको आधारमा हामीले अनुपातमा गर्दै आएका छौं उनले भने ।

उनले बिहीबारकै बैठकबाट आफूहरूलाई एमालेको शक्तिको आधारमा समितिमा राख्न र मुख्य सचेतक विशाल भट्टराईले दिएका नामअनुसार हेरफेर गरिदिन आग्रह गरेका थिए । उनले आफूहरूलाई नउक्साउन पनि चेतावनी दिएका थिए ।निकै आक्रोशित मुद्रामा अधिकारी पेश भएका थिए ।

सभामुख सापकोटाले संसदीय समितिमा हेरफेरका लागि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर हुने जानकारी गराएका थिए ।अर्को बैठकबाट यस सम्वन्धी निर्णय हुन सक्ने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com