ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु


admin

पोखरा, ६ पुस । पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृहमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु गरिएको छ ।

तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिनुभयो । महोत्सवमा सहभागिता जनाउन सयभन्दा बढी देशका ९०० चलचित्रको आवेदन परे पनि ४३ वटा मात्र प्रदर्शनीका लागि छनोट गरिएको बताइएको छ ।

महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कलानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन चलचित्र समेटिएका छन् । समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा २६ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा पोखराका दुईवटा चलचित्र पनि समावेश गरिएको छ । महोत्सवको पहिलो दिनमा १०, दोस्रो दिन २० र तेस्रो दिन १३ चलचित्र प्रदर्शन गरिने कार्यक्रम छ ।

महोत्सवको पहिलो दिन आज बेलुकी ६ बजे लेकसाइडको बाराहीचोक तथा दोस्रो दिन रामबजारको राममन्दिरचोकमा समेत चलचित्र प्रदर्शन गरिनेछ । हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको संवद्र्धन र प्रवद्र्धनमा चलचित्रमार्पmत जनचेता अभिवृद्धि गर्ने महोत्सवको लक्ष्य रहेको छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा लेखनाथ महानगरपालिकाले पनि सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com