ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीबाट काठमाडौंमा झर्नु उपत्यकाबासीको लागि पर्व जस्तै (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २१ चैत्र ।  दुई दशकपछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा झरेको छ । मेलम्चीबाट पहिलो चरणमा १७ करोड लिटर पानी काठमाडौंबासीले पिउन पाउनेछन् । तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने वर्तमान सरकारकै पहलमा याङ्ग्री र लार्के नदीको पानी काठमाडौं ल्याउनुपर्ने कुरालाई जोड दिएका छन् । झण्डै २२ वर्षपछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा झरेको छ ।

मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौंबासीको धारामा झरेपनि यो पानी अझै अपर्याप्त नै हुनेछ किनभने काठमाडौंबासीको न्यूनतम खानेपानीको माग दैनिक ४३  करोड लिटर हो । मेलम्ची आयोजनाको योजना अनुसार मेलम्ची, याङ्ग्री र लार्केबाट १७/१७ करोड लिटर पानी गरि ५१ लिटर पानी भित्र्याउने योजना हो । लामो समयपछि १७ लिटर पानी मेलम्चीबाट काठमाडौंमा झर्नु उपत्यकाबासीको लागि पर्व जस्तै भएको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

मेयर शाक्यले आफूले आफ्नो नेतृत्वमा मेलम्चीको पानी काठमाडौं आउने प्रतिबद्धता जाहेर गरेको ४ वर्षपछि काठमाडौंमा मलम्चीको पानी आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले वर्षौदेखि उपत्यकाबासीले खानेपानीको गुनासो गर्दै आएकोले यो अयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने धारणा राखे ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणको कामलाई जोड दिएको बताउँदै अबको तीन वर्षमा याङ्ग्री र लार्के नदीको पानी ल्याउने गरी सम्बन्धित पक्षले पहल गर्नुपर्नेमा पनि जोड दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं आउनु नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाली जनताको लागि नयाँ उपहार भएको बताइन् । विकास निर्माणको काममा यदाकदा बाधा उत्पन्न हुनु नकरात्मक भएको धारणा राष्ट्रपति भण्डारीको छ ।

२२ वर्षपछि मेलम्चीको पानी काठमाडौं झरेपनि यसले काठमाडौंबासीको अहिलेको दैनिक माग भने पूर्ति गर्नेछैन । तथापि, काठमाडौंबासीलाई केही राहत भने मिल्नेछ । मेलम्चीसंगै गाङ्ग्री र लार्के नदीको पानी पनि छिट्टै काठमाडौंमा झार्न सम्बन्धित सबैले जोड दिदै आएका छन् । सरकारले पनि यसखाले प्रतिबद्धता जनाउने मात्रै होइन, कार्यान्वयनका लागि थप ठोस पहल गरेमात्रै याङ्ग्री र लार्के नदीको पानी पनि छिट्ट काठमाडौं आउन सम्भव हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com