ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै : सत्ता समीकरणबारे प्रतिपक्षमा कांग्रेसले पनि आन्तरिक छलफलमा


एबीसी / संवाददाता

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका नेताहरुले बताएका छन् । पहिलेकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल हुन लागेको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष ओली र माधव नेपाल पक्षबीच लामो समयदेखिको सङ्घर्ष चल्दै आएकाले एमालेभित्रको विवाद तत्काल समाधान हुन सक्ने अवस्था देखिँदैन । सर्वोच्चको फैसलाअघि नेकपामा रहँदा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्दै नेपाल नेकपाको अध्यक्ष बन्नुभएको थियो । नेकपाभित्रको विवाद व्यवस्थापनका लागि दोस्रो तहका नेताहरु सक्रिय हुने देखिए पनि सजिलो भने छैन । यस्तै अबको रणनीतिबारे माओवादी केन्द्रका नेताहरु पनि बिहानैदेखि छलफलमा जुटेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । यस्तै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै संसदमा कसैको पनि बहुमत नपुग्ने अवस्था छ । यस्तो अवस्थामा दुईभन्दा धेरै पार्टीको गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यता छ ।भावी सत्ता समीकरणबारे प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि आन्तरिक छलफल गरिरहेको छ । यसअघि नेकपा फुटिनसकेको अवस्थामा कुनै एउटा समूहलाई मात्रै समर्थन गरेर अघि नबढ्ने बताएको कांग्रेसलाई अब भने कुन समूहलाई सहयोग गरेर अघि बढ्ने भन्ने बाटो खुलेको छ । तर, कांग्रेसका केही नेताहरुले अहिले नै सरकारमा जान नहुने र चुनावमा जानुपर्ने भन्न थालेका छन् । यस्तै जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ ।दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा बनाउनेबारे छलफल हुने नेता राजकिशोर यादवले बताउनुभयो । पुनस्स्थापित भएको प्रतिनिधिसभामा आफ्नो भूमिका र भावी सरकारका विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com