ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी


एबीसी / संवाददाता

झापा, २१ फागुन । नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट शुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को सङ्ज्ञा दिएका छन् ।

झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई विसं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ ।

हरेक वर्ष फागुन २१ का दिन सुखानीमा शहीदको प्रतिमामा माल्र्यापण गर्दै आएका कम्युनिष्ट नेताहरु शहीदको सपना पूरा गर्ने सङ्कल्पबाट च्युत हुने गरेको आरोप लाग्दै आएको छ । समाज बदल्न आन्दोलनमा हिँडेका नेता सत्ता सुख र सुविधामा अल्मलिएर आफैँ बदलिएको तीखो दोषारोपण हुने गरेको छ ।

झापा विद्रोहको गर्भबाट जन्मिएको तत्कालीन नेकपा ९एमाले०बाट केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल गरी तीन प्रधानमन्त्री बनिसक्नुभएको छ । नेकपा ९एमाले०बाटै मुलुकको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी बन्नुभएको छ । विद्रोहका अगुवामध्येका ओली वर्तमान अवस्थामा प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष नै हुनुहुन्छ । विद्रोहकालीन नेता सिपी मैनाली, राधाकृष्ण मैनाली र सीता खड्का मन्त्री भइसक्नुभयो भने नरेश खरेल, मनकुमार गौतम, सीता खड्का, गौरा प्रसाईँलगायत दर्जनौँले सांसद बन्ने मौका पाइसक्नुभयो ।

तत्कालीन नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराईले समेत झापा विद्रोहलाई तत्कालीन १० वर्षे जनयुद्धको प्रेरणाको स्रोत भएको बताउने गर्नुभएको थियो ।

पञ्चायती एकदलीय शासनका बेला छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनमा नयाँ ऊर्जा भर्दै एकीकृत बनाउने श्रेय पाएको झापा विद्रोहका अगुवाहरु यतिबेला फेरि विभाजनको भुमरीबाट गुज्रिरहेका छन् । विसं २०७४ को आम चुनावमा दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेर सत्तामा पुगेको नेकपा विभाजनको ‘अहिले कि भरे’को अवस्थामा छ ।

जुटिसकेको नेकपा फेरि नेताहरुको वैयक्तिक महत्वाकाङ्क्षा र टक्करका कारण विभाजनको सङ्घारमा पुगेको ठहर गर्दै कम्युनिष्ट आन्दोलनमा लामो समय जेलनेल व्यहोरेका झापाली योद्धाहरु नेताहरुले शहीदको सपनाबाट अन्यत्र नमोडिन खबरदारी गर्नुहुन्छ । “हामीले आन्दोलन गरेर राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्यौँ, तर नेताहरुमा भएको सामन्ती सोच, शैली र व्यवहार फाल्न सकेनौँ”, झापा विद्रोहमा लागेर १४ वर्ष कठोर कारावास भोग्नुभएका नेकपा केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य नरेश खरेल भन्नुहुन्छ, “शहीदको सपना नेताहरुलाई सत्तामा पुर्याउनु मात्र थिएन ।”

उहाँले झापा आन्दोलनको सपना मानिएको गणतन्त्रको स्थापना भइसके पनि मुलुकलाई समाजवादतिर नलगेसम्म शोषित पीडित समुदायले परिवर्तनको अनुभूति गर्न नसक्ने बताउनुभयो । शहीदको बलिदान राजनीतिक व्यवस्थाको परिवर्तनका लागि मात्र नभएर गरिब जनताको हितमा समतामूलक शासन ल्याउन भएको बताउँदै झापा आन्दोलनका अगुवामध्येका नेता खरेल सुखानीका शहीदको अधुरा सपना पूरा गर्नेतर्फ डटेर लाग्न खबरदारी गर्नुहुन्छ ।

झापा विद्रोहबाट प्रभावित भई कम्युनिष्ट आन्दोलनमा लाग्दा विभिन्न समयमा जेलनेल भोग्नुभएका झापाली योद्धा भीम कुँवरले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा, सुशासनको पहल, सुखी नेपाली समृद्ध नेपाल अभियानको थालनी, विपन्नलाई निःशुल्क आवास र सामाजिक सुरक्षा भत्ताजस्ता थुपै्र सकारात्मक कार्य गर्नुभएको बताउनुभयो ।

“अरु प्रधानमन्त्रीहरुले बोल्ने आँटसमेत नगरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि समेटेर चुच्चे नक्सा जारी गर्नु सामान्य उपलब्धि होइन”, झापाको चन्द्रगढीमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरी जीविका चलाउँदै आउनुभएका योद्धा कुँवर भन्नुहुन्छ, “केपी ओलीबाट जनताले अरु थुपै्र राम्रा कामको आशा र भरोसा गरेका छन्, अहिले जति काम भए यतिले पर्याप्त हुँदैन ।”

सुशासन कायम गर्ने र मुलुकमा आर्थिक समृद्धिको लहर ल्याउने काम अधुरै रहेको जनाउँदै उहाँले अहिलेको परिवर्तन ल्याउन ज्यानको बाजी थापेका राजनीतिक योद्धाहरुको अवस्था कहालीलाग्दो रहेको गुनासो गर्नुभयो ।

प्रधानमन्त्री ओलीसँगै १४ वर्ष जेल जीवन बिताएका अर्का सहयोद्धा एवं संविधानसभा सदस्य मनकुमार गौतम ‘साथीहरु आज हामीलाई मार्नका लागि जेल सारिँदैछ, क्रान्तिको अभिभारा पूरा गर्ने जिम्मा अब तपाईँहरुको भयो’ भन्दै ४८ वर्षअघि सुखानीका पाँच शहीदले चन्द्रगढी कारागारबाट सरुवा हुँदै गर्दा आफूहरुलाई भनेको कुरा सम्झिनुहुन्छ ।

कारागारबाट सार्ने कुरा आएपछि सुखानीका शहीदहरुले आफूलाई बलिदानका लागि तयार राखेको र सुखानीमा पुर्याएर गोली हानी हत्या गर्दा आफ्नो शरीर ढले पनि क्रान्ति र क्रान्तिका सपना नढल्ने भन्दै हाँसीहाँसी छाती थापेको उहाँले बताउनुभयो । “क्रान्तिका लागि हाँसीहाँसी गोली थाप्ने ती महान् शहीदका सपना पूरा गर्ने विषयमा कसैले पनि गद्दारी गर्नुहुँदैन”, नेकपाका केन्द्रीय सदय गौतमले भन्नुभयो, “उहाँहरुले वीरगति पाएको ४८ वर्ष पूरा भइसक्दा शहीदका धेरै सपना अधुरै छन् । झापा आन्दोलनको नेतृत्वकर्तामध्येका एक केपी ओली प्रधानमन्त्री रहेको सरकारले जुनसुकै अप्ठ्याराको सामना गर्दै शहीदका सपना पूरा गर्नुपर्छ ।”

‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ वर्तमान केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले थुप्रै आशलाग्दा कामहरु गरिरहेको उल्लेख गर्दै उहाँले समाजमा व्याप्त शोषण, दमन, विभेद र अत्याचारको अन्त्य नभएसम्म शहीदका सपना अधुरै रहने बताउनुभयो ।

झापा विद्रोहका क्रममा सुखानीमा बलिदान दिनुभएका अगुवा नेता रामनाथ दाहालकी छोरी मञ्जु प्रसाईँ कनकाई नगरपालिकाका उपप्रमुख हुनुहुन्छ । नेकपा एमालेबाट निर्वाचित उहाँ आफूजस्ता केही व्यक्तिले पद पाउँदैमा शहीद परिवारको अवस्थामा सुधार नआउने बताउनुहुन्छ । क्रान्तिका सयौँ योद्धाका परिवारको हालत दयनीय भएको हुँदा पार्टी र सरकारले त्यसतर्फसमेत ध्यान दिनुपर्ने उहाँको आग्रह छ ।

सरकारले शहीदका परिवारलाई परिचयपत्रसमेत नदिएको उहाँले गुनासो गर्नुभयो । व्यक्तिगत लोभ, स्वार्थ र विभाजनकारी सोच त्यागेर नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउन र शहीदको सपनाबाट च्युत हुन नदिन देश र पार्टी हाँकिरहेका नेताहरुलाई जनखबरदारी आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com