ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री ओलीद्वरा शिलान्यास


एबीसी / संवाददाता
फाल्गुन २०, २०७७ बिहीबार  २ : ४१ बजे

काठमाडौं, २० फागुन । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनामा आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यास गरेका हुन्। सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनमा आर्थिक वर्ष ०७७ ७८ का लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।

पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो । राष्ट्रिय गौरवको यो आयोजना मुख्यरूपमा सिँचाइमा केन्द्रित छ। सरकारले २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको छ।

बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्‍याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी सरकारको छ। सुरुङमार्गको डिजाइनका लागि करिब ४६ अर्ब लागतको सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ। यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ। यस्तै तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ। मरिनको पानी वागमतीमा पुग्नेछ र वागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन सकिनेछ। मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ। मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना सरकारको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com