ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीबाट ताप्लेजुङको दोभानमा करिब तीन दर्जन घर जले, आगो नियन्त्रणतर्फ


एबीसी / संवाददाता

ताप्लेजुङ, १८ फागुन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा लागेको आगो थप फैलिनबाट रोकिएको छ । मंगलबार बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगो क्रमशः नियन्त्रणउन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो सदरमुकाम फुङलिङबाट आएको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो लाग्नबाट रोकिएको हो । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काएको बताइएको छ ।

प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । आगो लागीबाट करिब ३ दर्जन घर जलेको अनुमान गरिएको छ । केहीबेरमै सर्वपक्षीय बैठक बस्ने र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्थाबारे छलफल र निर्णय गरिने बताएको छ ।

बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । आगो भोला पौडेलको घरबाट सल्किएको स्थानीयको भनाई छ । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको स्थानीयले बताएको छ ।

दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो । सदरमुकाम फुङलिङबाट १७ किमि दूरीमा रहेको उक्त बजारमा ८५ वटाजति घर थिए । दोभान मेरिङ्देन गाउँपालिका(३ आठराइ त्रिवेणी गाउँपालिकाको संगम क्षेत्रमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com