ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाइजो उन्मूलन गर्न पिपरा गाउँपालिकाद्वारा ७ जोडीको सामूहिक बिवाह


एबीसी / संवाददाता
फाल्गुन १८, २०७७ मंगलबार  ११ : ५७ बजे

                           

जनकपुरधाम, १८ फागुन ।  दाइजोप्रथा उन्मूलन गर्ने उद्देश्यका साथ महोत्तरीको पिपरा गाउँपालिकाले अध्यक्ष कन्यादान कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । समाजमा व्याप्त दाइजोप्रथालाई अन्त्य गर्ने उद्देश्यले अध्यक्ष कन्यादान कार्यक्रमलाई कार्यान्वयनमा ल्याउँदै ७ जोडीको विवाह समेत सम्पन्न भएको हो ।

महोत्तरीको पिपरा गाउँपालिकास्थित आयोजित विवाह कार्यक्रममा दलित तथा गरिब विपन्न परिवारका ७ जोडीको विवाह सम्पन्न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिए । उनका अनुसार कन्यादान कार्यक्रममा बर बधुको उमेर विवाह योग्य रहे/नरहेको ख्याल समेत गरिएको थियो ।

दाइजोप्रथाका कारण सवैभन्दा बढी पीडा आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकोले त्यस्ता गरिब तथा विपन्नहरुका लागि कन्यादान योजना ल्याइएको उनले बताए । उनले यो कार्यक्रमलाई आफूले निरन्तरता दिने समेत बताए । उनले भने,‘यस वर्ष ७ जोडीको विवाह सम्पन्न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।’

सम्पूर्ण बर बधुको वैवाहिक कार्यक्रम मैथिली विधि विधान अनुसार गरिएको उपाध्यक्ष नन्नु देवी दासले बताइन् । वैवाहिक कार्यक्रममा गाउँकै महिलाहरुले विवाहका लोकगीतहरु गाएका थिए । विवाह पछि विदाई स्वरुप दिइने सामानहरु सुन चाँदी, दराज, पलंग लगायतका सामानहरु समेत दिइएको उनले बताइन् ।

पिपरा गाउँपालिकाले दाइजो उन्मूलनका लागि ल्याएको यस कार्यक्रमबाट स्थानीयवासी समेत खुशी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com