ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रोटेक्टिभ शील्ड र सबमशीनगन सहित २ सय ५० बढी सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ कसरी


एबीसी / संवाददाता

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने सम्भावना बढेको भन्ने अभिव्यक्ति दिएपछि सुरक्षा निकायले चासो दिएको छ । प्रधानमन्त्री ओलीले सोमबार पोखरामा कार्यकर्तामाझ आफ्नो ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न बताएपछि सुरक्षा निकायबीच छलफल चलिरहेको छ ।

प्रहरी स्रोतका अनुसार प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट रहेको कुरा किन भने भन्ने विषयमा तीनै तहका सुरक्षा निकायले चासो दिएका छन् । ओलीले सरकार गतिशील ढंगले चलिरहेको र विकास निर्माणका काम पनि धमाधम भइरहेकाले आफूमाथि प्रहार हुनसक्ने बताउनु भएको थियो । प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’

यता प्रहरीले भने अहिलेसम्म प्रधानमन्त्रीमाथि त्यस्तो कुनै खालको सुरक्षा थ्रेट नआएको बताएको छ । तै पनि प्रधानमन्त्री स्वयंले नै आफूमाथि सुरक्षा थ्रेट रहेको बताएपछि सुरक्षा निकायले गम्भीर रुपमा भने हेरेको छ ।

प्रहरीका एक उच्च अधिकारीले भने, ‘अहिलेसम्म त्यस्तो कुनै सुरक्षा थ्रेटको सूचना त आएको छैन । उहाँले कसरी महशुस गर्नुभयो । तर, पनि प्रधानमन्त्री स्वयंले नै भनिसकेपछि हामीले यसलाई गम्भीर रुपमा लिएका छौं । उहाँको सुरक्षालाई अझ मजबुद बनाउने पक्षमा छलफल चलिरहेको छ ।’

यता प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि सुरक्षा घेराभित्र रहँदैमा कोही पनि सुरक्षित छ भनेर भन्न सकिने अवस्था नभएको बताउनुभयो ।‘सुरक्षा घेरमा हुँदैमा मान्छे सँधै सुरक्षित हुन्छ भन्ने त छैन । तपाईहरुले पनि दुनियाँभर देख्नुभएकै छ । हाम्रो भन्दा कडा सुरक्षा घेराभित्र रहेका मानिसहरुमाथि पनि आक्रमण भएको छ,’ सल्लाहकार भट्टराईले भन्नुभयो ।

प्रधानमन्त्रीले आफूमाथि भइरहेको चौतर्फी आक्रमणलाई लिएर असुरक्षाको महशुस गरेर त्यस्तो अभिव्यक्ति दिएको हुनसक्ने भट्टराईको आँकलन छ । इतिहासमा यस्ता घटनाहरु भएका छन्, अन्य देशहरुमा पनि भइरहेका छन् । चौतर्फी आफूतर्फ हमला भइरहेका कारण पनि उहाँले आफ्नो पनि ज्यानमाथि खतरा रहेकोतर्फ संकेत गर्नुभएको हो ।’

यता नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी बसन्तबहादुर कुँवरले प्रधानमन्त्रीलाई विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार नै सुरक्षा प्रदान गरिएको दावी गर्नुभयो। जहाँ पहिलो घेरामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलका सुरक्षाकर्मीहरु तैनाथ हुन्छन् ।

अहिले प्रधानमन्त्रीको सुरक्षामा करिब दुई सय ५० बढी सुरक्षाकर्मीहरु खटिएका छन् । अहिलेसम्म प्रहरीसम्म सुरक्षा थ्रेटबारे पुष्टि हुने खालको कुनै सूचना भने आइनसकेको प्रहरीले जनाएको छ ।
गत असारमा पनि नेकपा विवाद उग्र बनिरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई सुरक्षा थ्रेट रहेको अभिव्यक्ति दिनुभएको थियो । यता सरकारले हालै परिमार्जन गरेको विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको सुरक्षासमबन्धी कार्यविधिले छजना अतिविशिष्ट व्यक्ति अनि विशिष्ट व्यक्तिलाई दिइने सुरक्षाबारे नयाँ व्यवस्था गरेको छ ।

छ जना अतिविशिष्ट व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्ष छन्।

सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीको सुरक्षा अन्य समयभन्दा फरक भएको चर्चा सामाजिक सञ्जालमा चलेको थियो। प्रधानमन्त्रीको भित्री घेराको सुरक्षा व्यवस्थापनमा जिम्मा नेपाली सेनाले लिएको छ। सादा पोसाकमा खटिएका सुरक्षाकर्मीहरू सेनाकै हुन्।

नेपाली सेनाका सेवानिवृत्त उपरथी विनोज बस्न्यातले सिंहदरबारमा देखिएको सुरक्षा हेर्दा प्रधानमन्त्रीको सुरक्षा थप भएको आफूलाई पनि लागेको बताउनुभएको थियो । तस्बिर हेरेर सुरक्षा तह बढाइएको नै रहेछ भनेर आकलन गर्न सकिन्छ। तर तस्बिर सबै सुरक्षाकर्मी एकै ठाउँ भेला भएको बेला लिइएको हो वा त्यसरी नै सुरक्षा प्रबन्ध गरिएको हो भन्ने चाहिँ अलि समय आफैँले नहेरी भन्न सकिन्न, उहाँले भन्नुभयो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कार्यविधि परिवर्तन भए पनि प्रधानमन्त्रीको सुरक्षा व्यवस्थामा परिवर्तन नआएको उल्लेख गर्नुभएको थियो ।

प्रधानमन्त्रीको भित्री घेराको सुरक्षा व्यवस्थापनमा जिम्मा नेपाली सेनाले लिएको छ

नेपाली सेनाको पाँच जना क्लोज प्रोटेक्शनमा खटिन्छन् । पाँच जनाले नेपाल सरकारको विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि २०७७ अनुसार नेपालका अतिविशिष्ट छ जनालाई नै सुरक्षा प्रदान गर्ने हो।

गृह मन्त्रालयले भने प्रधानमन्त्रीको सुरक्षा थप गरिएको नभई पुनःपरिभाषित गरिएको बताएको छ। प्रधानमन्त्रीको सुरक्षा थप भएकोभन्दा पनि पुनस्परिभाषित गरिएको हो । पुनस्परिभाषित भनेको एउटा सुरक्षा निकायलाई दिइएको जिम्मा अर्कोलाई दिने भन्ने हुनसक्छ,ू मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भन्नुभयो ।

कस्तो हुन्छ प्रधानमन्त्रीको सुरक्षा घेरा ?

प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ ।

यस्तै, नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा सयभन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु प्रधानमन्त्रीको सुरक्षामा तैनाथ हुन्छन् । अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षासम्बन्धी नेतृत्व गर्दछ ।

प्रधानमन्त्रीको सुरक्षामा ‘क्लोज रिङ’ भित्र सेनाकै टोली खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक हतियारसमेत हुने भएकाले सुरक्षा दायरा त्यति कमजोर नहुने सेनाकै एक अवकाश सुरक्षा अधिकारीले भन्नुभयो ।

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता सन्तोष बल्लव पौडेलले ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ (संशोधित)’ को फ्रेमभित्र रहेर सेनाले प्रधानमन्त्रीलाई सुरक्षा दिने बताए । अति विशिष्ट व्यक्तिको सुरक्षाका लागि सेना सक्षम रहेको उनको भनाइ छ ।

यस्तै, प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी बलको टोली पनि परिचालित हुन्छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ४० जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिने प्रवक्ता राजु अर्यालले भन्नुभयो ।

यस अतिरिक्त राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि प्रहरीको सुरक्षाका निम्ति परिचालित हुन्छन् । समग्रमा प्रधानमन्त्रीको सुरक्षामा करिब तीन सय सुरक्षाकर्मी खटिएका हुन्छन् ।

प्रधानमन्त्रीको सवारीको अग्रभागमा प्रहरीको मोटरसाइकलले स्कर्टिङ गर्दछ । त्यसपछि नेपाली सेनाको गाडी हुन्छ । सेनाको गाडी पछाडी प्रहरीको गाडी हुन्छ । त्यसपछि मात्र प्रधानमन्त्रीको गाडी हुन्छ । प्रधानमन्त्रीको गाडीभन्दा पछाडि प्रहरीको गाडी हुन्छ । पुछारमा सशस्त्र प्रहरीको एउटा गाडी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com