ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी


एबीसी / संवाददाता
फाल्गुन १७, २०७७ सोमबार  ३ : ४८ बजे

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै दिन पुस ५ मा संसद सचिवालयमा लगेको अविश्वास प्रस्तावलाई अगाडि नबढाउने र बदलिँदो परिस्थितिअनुसार दलहरूसँग छलफलपछि अविश्वास प्रस्ताव लैजाने तयारीमा प्रचण्ड–नेपाल पक्ष छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई विघटन गरेकोमा फागुन ११ मा सर्वोच्चले बदर गरिदिएको थियो। त्यसपछि प्रचण्ड-नेपाल पक्षले कांग्रेस र जसपासँग सहकार्यको प्रस्ताव गरे पनि सहमति भइसकेको छैन।
प्रचण्ड–नेपाल पक्ष नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अरू पार्टीहरूसँग छलफल गरेर अविश्वास प्रस्तावबारे अब कसरी अगाडि बढ्ने भन्ने कुराकानी भइरहेको बताउनुभयो । उहाले यसबारे अरू पार्टीहरूसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो । तर नेकपाका एक सांसदका अनुसार पहिले पेश गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी छ। सकेसम्म आफूहरूकै नेतृत्वमा नयाँ सरकार बनाउने र कांग्रेस तथा जसपाले नमान्ने अवस्था रह्यो भने उनीहरूसँग सहकार्य गरेर जाने पार्टीमा छलफल भइरहेको छ। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको कुराभन्दा पनि मानिसहरूले दुई तिहाइ नजिकको आफ्नै सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाएको आरोप आफूहरूमाथि लाग्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन्। ‘सकेसम्म हाम्रै नेतृत्वमा अगाडि जानुपर्छ भन्ने हो,’ एक सांसदले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com