ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदर्शनीमा राखिएको धरहरा हेर्न आउनेको ओइरो


admin
पुस १, २०७४ शनिबार  २ : १० बजे

कपिलवस्तु, १ पुस । कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ । भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखिएको नमूना धरहरा हेर्नकै लागि दिन प्रतिदिन दर्शकको भिड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।

भूकम्पले धरहरा ढलेपछि कहिले,कस्तो बन्ला भन्ने सबैमा कौतुहलता जागिरहेको बेला प्रदर्शनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालय नजिकै बनाइएको सुन्दर नमूना धरहराले दर्शकको मन तानिरहेको छ । शुक्रबारसम्म जिल्ला बाहिर र भित्रका गरी दश हजार बढी दर्शकले प्रदर्शनीको अवलोकन गरिरहँदा दर्शकको पहिलो नजर धरहरामा जाने गरेको पाइएको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनुभयो ।

यस वर्षको मुख्य आर्कषका रुपमा धरहरा रहेको दर्शकले नै बताउने गरेका छन् । प्रदर्शनीमा सबै कुरा विगतकै जस्तै भए पनि यसपाली राखिएको धरहरा हेर्नकै लागि आफूहरु आएको बताएका छन् । वाणगंगा– ९ पडरियाकी लक्ष्मी अर्यालले भन्नुभयो, “धरहरा हेर्ने सारै मन थियो, हेर्न नपाइ ढ¥यो त्यसैले यहाँ हेर्न आइकी छु ।” उहाँ मात्र होइन यहाँ आउने धेरैको भनाइ उस्तै छ ।

“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशीलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही मंसिर २३ बाट शुरु भएको हो । महोत्सव पुस ५ गतेसम्म जारी रहनेछ । युवाको संगठन वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट पाँच करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com