ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा ‘राजा महाराजाहरूको दुर्गन्ध’ आएको बताउनु भएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन अध्यक्ष प्रचण्डले ओलीको भाषामा राजामहाराजाको दुर्गन्ध आएको बताउँदै प्रतिनिधिसभा विघटनको कदम राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘यो राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।’

उहाले ओली धुर्त भएका आरोप पनि लगाउनुभयो , ओलीले आफ्नो अधिकारमा नभएको कुरा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो । प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजिरहेको आरोप लगाउँदै उहाले यसलाई जोगाउन सडकमा उत्रिनु परेको बताउनुभयो । ‘कसैले आफ्नो बच्चाको हत्या गर्न खोज्छ भने त्यसको रक्षाका लागि जस्तोसुकै कदम चलाउन सक्नुपर्छ,’ उहाले भन्नुभयो । नेपाली जनता सिंहको संज्ञा दिँदै भएको दाबी गर्दै सबैले एकपटक गर्जिनुपर्ने तर्क गर्नुभयो । ओलीको प्रवृत्ति तानाशाही र निरङ्कुश भएको समेत बताउनुभयो । पार्टीभित्र बहुमतको निर्णय लागू हुने विधानमा रहेको स्पष्ट पारे। पार्टी एकता गर्दा ओलीले किर्ते सहमति गरेको दाबी गर्नुभयो । सम्बोधनका क्रममा उहाले आफू कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने ठोकुवा गर्नुभयो । ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइ सकिनुभयो। म युद्दको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

देश तानाशाहीतर्फ धकेलिने प्रयासको जुनसुकै हालतमा प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले यो बेलाको बोली हतियारको बोली नभएको तर्क गर्नुभयो । प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको बताउउनुभयो । ‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद बिघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

उहाले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा पीडाबोध आफूले गरेको बताउनुभयो । आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com