ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट बितेको २४ घण्टामा ५ लाख संक्रमित थपिए, करिब ४ लाख निको


एबीसी / संवाददाता
माघ ५, २०७७ सोमबार  ७ : ५४ बजे

काठमाडौँ, ५ माघ ।   विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५ लाख बढी संक्रमित थपिएका छन् भने ४ लाख बढी निको भएका छन् ।

सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वका २ सय बढी देशहरुमा ५ लाख ३१ हजार १६७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन। त्यस्तै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार ४७९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन भने, ३ लाख ७९ हजार ३ सय २८ जना गत २४ घण्टामा कोरोनाबाट मुक्त भएका हुन। कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ ।

गत २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार ८ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्। यस्तै, १ हजार ८ सय बढीले ज्यान गुमाएका छन भने ७८ हजार ८ सय भन्दा धेरै कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। हालसम्म अमेरिकामा २ करोड ४४ लाख ७६ हजार ३ सय ४३ जलालाई कोरोना संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा धेरै कोरोना संक्रमित थपिनेमा अमेरिकापछि यूके रहेको छ। यूकेमा ३८ हजार ५ सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन्। योसँग यूकेमा संक्रमित हुनेको संख्या ३३ लाख ९५ हजार ९ सय ५९ पुगेको छ। हालसम्म १५ लाख बढी निको भएको यूकेमा १७ लाख ७१ हजार ९ सय ६२ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

अमेरिकापछि मेक्सीकोमा गत २४ घण्टामा सबैभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाए। मेक्सिकोमा १ हजार २ सय १९ जनाको कोरोनाका कारण ज्यान गयो। हालसम्म मेक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार २ सय ४१ पुगेको छ। १६ लाख ३० हजार बढी संक्रमितको संख्या पुगेको मेक्सिकोमा ५ हजार बढी सिरियस केस रहेको वल्र्डोमिटर्सले जनाएको छ।

गत २४ घण्टामा अमेरिकापछि निको हुनेको संख्या रसियामा धेरै रहेको छ। रसियामा गत २४ घण्टामा २३ हजार ४ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म ३५ लाख ६८ हजार २ सय ९ जना संक्रमित भएको रसियामा ६५ हजार बढीले ज्यान गुमाएका छन भने २९ लाख ६० हजार ४ सय बढी निको भएका छन।

संक्रमितको संख्याका आधारमा अमेरिकापछि भारत रहेको छ। भारतमा हालसम्म १ करोड ५ लाख ७२ हजार ६ सय ७२ जना संक्रमित पुगेका छन्। १ लाख ५२ हजार ४ सय ५६ जनाले ज्यान गुमाएको भारतमा २ लाख ९ हजार ५ सय १९ मात्र सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १३ हजार बढी नयाँ संक्रमित थपिए भने १४ हजार ५ सयभन्दा धेरै निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com